२०८१ श्रावण १२
                           

संगित क्षेत्रमा लम्किरहेका :असाेक घले

सिन्धुपाल्चोक /२०कात्तिक
विगत केहि वर्षदेखि गित संगित क्षेत्रमा लम्किरहेका बहुप्रतिभावान कलाकार÷असाेक घले। संगीत क्षेत्रमा होमिएका  सिन्धुपाल्चोक जिल्लाकाे चाैतारा सागाँचोकगढी नगरपालिका वडा नं ५ छेकाथाेकमा जन्मिएका घले बिगत ५/६ बर्षदेखि नेपाली संगित क्षेत्रमा तनमनले निरन्तर लागि रहेका छन् ।

साँगितिक क्षेत्रमा लागेको छोटो समयमा नै दर्शक स्रोताको मन जित्दै साङ्गितिक यात्रामा हाेमिएका छन्।पेसाले उनी ड्राइभिङ पनि।उनको गीत संगीतसँगको सम्बन्ध धेरै पहिले देखि नै थियो ।उनलाई बाल्यकालमा पनि नाच्ने गाउने भनेपछि असाध्यै मन पर्थ्याे। दाइ भुपेन्द्रले गितार बजाएकाे देखेर गित गाउने ,गितार बजाउन तर्फ लागे।

गाएक सिन्धुपाल्चोक चाैताराका चन्द्र घले मार्फत उनले पहिलाे गीत ” तिम्रो मायाले ” २०७५ सालमा रेकर्ड गरे। त्यसपछी गित रेकर्ड हुदै गए बजारमा आउँन थाले  ।

उनले गाएका गीत तिम्राे मायाले,अस्ताउदाे सुर्य,काठमाडौ शहर,आउन माया ,हामी घले हाै ,कसरी भनु म,साचाे बाेल्छु जादै छु प्रदेसममा यी उनले गाएका  गीतले बिस्तारै सफलता पाउँन थालेका छन्  । सोहि गीतहरुले कलाकारको रुपमा चिनाउन थाल्याे ।

उनलाई यिनै गीतहरुले झनै हौसाला मिल्दै गएको छ ।गीतकाे छुट्टै मेलाेडि हुने भएका कारण पप गीत गाएको उनले सुनाए ।उनले स्वर दिएका गीतमा आफ्नै  शब्द छन् ।

पप गायक,सर्जक असाेक घलेसगँको कुराकानी:

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?. गित संगीत अलवा अरु केहि गर्नुहुन्छ ?
म आज भोलि नयाँ गीत को काममा व्यस्त छु ।नयाँ   गीत बजारमा लिएर आउने तयारी मा जुटेको छु । गित संगीत बाहेक ड्राइभिङ पनि गर्थे अहिले छाेडेकाे छु ।

कति ओटा रचना सृजना गर्नु भयो ?
अहिले सम्म लग भग ७/८ ओटा जति गीत रेकर्ड गरिसकेुको छु । पहिलो रेकर्ड गित २०७५ सालमा रेकर्ड गरीएको “तिम्राे मायाले”।
यो अवधिमा के पाउनु भयो ?
यो अवधीमा अली अली नाम र सबैभन्दा बढी चाहिँ आत्मसन्तुष्टि पाईयो ।

तपाईंको विचारमा गित संगीत भनेको के हो ?
गित संगित भनेको जीवन जिउनको लागि अत्यावस्यक रश हो । हामी जसरी मुखको स्वादको लागि मीठो खाना खान चाहन्छौँ, जसरी आँखाको लागि सुन्दर दृश्यहरु हेर्न चाहन्छौ । त्यस्तै गरि कानको लागि पनि कर्णप्रीय गित, संगित आवस्यक हुन्छ । गित संगित पनि जिवनको एक पाटो हो।

जीवन गित विनाको कस्तोहोला कल्पना गर्नसक्नु हुन्छ ?
पछिको कुरात भन्न सकिदैन तर अहिले सम्म मैले गित बिनाको जीन्दगि सोचेकोनि छैन र सोच्दिदनि होला सायद ।

गित संगीत क्षेत्रमा नलागौं जस्तो लाग्दैन ?
मान्छेको मन हो समय समयमा परिवर्तन हुनपनि सक्छ । तर अन्य नशा जस्तै नशा रहेछ गित संगीत पनि चाहेर पनि छाड्न नसकिने भैसकियो अहिले त । कसैको पनि जीवन,पेसा त्यति सहज छैन । मेरो जिवन पनि अरुको जस्तै सामान्य तरीकाले चल्दैछ। गित संगित, आफ्नै काममा दौडधुप । त्यसैगरी चल्दै छ।

तपाइको भावि योजना के छ ?
मेरो भावी योजना भनेको अब म यो सांगीतिक क्षेत्र मा नयाँ सम्पूर्ण नेपाली को मन मुटुमा बस्न सक्ने प्रकारका गीतहरु लिएर आउने योजना मा छु ।हेराै के कस्ताे हुन्छ ।समयले साथ दिन्छ या दिदैन।

अन्तमा?
अन्तिम मा मेरो भन्नु यो छ सम्पूर्ण दर्शक अनि स्रोताहरुले नेपाली गीत संगीत लाई माया गर्नु पर्छ मेरा मनका कुराहरु पोख्न पाएँ । र मेरा गितहरु हेर्न सुन्नकाे लागि असाेक घले युटुव च्यानलमा जान सेम्पुर्णमा अनुरोध गर्दछु । यो अवसरको लागि तपाईं लगायत यस मिडियालाई धेरै धेरै धन्यबाद । नेपाली मौलीकताको संरक्षण गरौँ, नेपाली बनौँ, नेपाली भनौँ । जय गीत जय सङ्गीत

प्रतिक्रिया दिनुहोस्