२०८१ असार २

समाजमा गरिब र धनीको अन्तरविरोधले महिला र महिलाबीचमै पनि अन्तरविरोध पैदा गराएको छ

महिला मुक्तिको प्रश्न र वर्गीय आन्दोलनको सवाल परस्परमा अन्तरनिर्भित छन् । यस सन्दर्भमा विगत लामो समयदेखि बहस, छलफल चल्दै आएका छन् र सम्भवतः आगामी सयौं वर्षसम्म पनि यो सवालको सान्दर्भिकता उत्तिकै रहनेछ । यस सवालमा प्रसिद्ध साहित्यकार पारिजातका धारणाहरु कस्ता थिए ? आउनुहाेस्, यसबारेमा पारिजातका धारणााहरु पढौं ।

नेपाली महिला मुक्ति आन्दोलनको चूरो के हो ?

नेपाली महिला मुक्ति आनदोलनको चूरो खोजन विशेष गरी यसको ऐतिहासिक, भौगोलिक, समाजिक, राजनीतिक साँस्कृतिक सबै धरातलहरु हेर्नुपर्छ । भन्नुको तात्पर्य, नेपाललाई कुनै पनि पश्चिमा मुलुकसँग दाँजेर हेर्न मिल्दैन । नेपालको देशकाल परिस्थिति भिन्न छ । त्यसलाई समेत हेर्नुपछृ । नेपाल विश्वको दोस्रो गरिब मुलुक हो । यहाँ ८० प्रतिशत नेपाली महिलाहरु मायाको श्रम (Labour of Love) मा दुःख गरेर खाने छन् । यसमा धनको ठूलो प्रभाव छ । हिन्दू धर्म, हिन्दू संस्कृति जातपातले गर्दा र पितृसत्तात्मक समाजले गर्दा नेपाली महिलाहरु शोषित पीडित छन् । यो बारेमा आजसम्म महिलाहरुले सोचेका छैनन् र यसलाई हटाउन पनि सकेका छैनन् । स्वयं महिलाले नै पनि ती मूल्य र मान्यतालाई मानिरहेका छन् । त्यसलाई नेपाली महिला मुक्ति आन्दोलनले चिर्न सक्नु पर्दछ ।

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक, राजनीतिक वा आर्थिक, कुन पक्षको आन्दोलनलाई प्राथमिकता दिइनुपर्छ ?

मेरो विचारमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु पर्छ । यसभित्र धार्मिक आन्दोलनलाई पनि समावेश गरिनुपर्छ । नेपालमा हिन्दू धर्मलाई राज्यधर्म ठोकुवा गरिएकोले अन्य धर्मावलम्बीहरुमाथि समेत हिन्दू धर्म लादिएको छ । स्वाभाविक रुपले यसको असर अरु माथि पनि पर्छ । फलस्वरुप नेपाली हिन्दू एवं गैर महिलाहरुलाई समेत लोग्नेलाई देउता मान्ने, पुरुषलाई आफूभन्दा ठूलो ठान्ने हिनताबोधले गाँजेको छ । यसले गर्दा नेपालमा महिला मुक्तिको लागि साँस्कृतिक–धार्मिक आन्दोलन नै पहिला चलाउनु पर्छ । नेपाली महिलाहरुलाई धार्मिक शोषणबाट मुक्त नगरी उनीहरुमा राजनीतिक चेतना, आर्थिक चेतना जगाउन सकिँदैन ।

नारीवादी आन्दोलनबाट मात्र महिला मुक्तिको सम्पूर्णता प्राप्त गर्न सम्भव छ कि छैन ?

नारीवादी आन्दोलनबाट मात्रै महिला मुक्तिको सम्पूर्णता प्राप्त गर्न सम्भव छैन । हाम्रो जस्तो गरीब देशमा ७० प्रतिशतभन्दा बढी महिला–पुरुषहरुको स्थिति दयनीय छ । स्वयं पुरुषहरु नै पनि दयनीय अवस्थामा रहेको हाम्रो जस्तो मुलुकमा महिलाहरुको स्थितिबाट कल्पना गर्न सकिन्छ । अतः महिला मुक्ति आन्दोलनलाई नारीवादी आन्दोलनको रुपमा मात्र हैन, वर्गीय आन्दोलनकै रुपमा अगाडि बढाउनु पर्छ ।

महिलावादी मात्रै भएर महिलाहरुको विकास एवं उत्थान हुने कुरा म मान्दिनँ । यसलाई वर्गीय आन्दोलनकै रुमा अगाडि बढाउनु पर्छ ।

महिलावादी मात्रै भएर महिलाहरुको विकास एवं उत्थान हुने कुरा म मान्दिनँ । यसलाई वर्गीय आन्दोलनकै रुपमा अगाडि बढाउनु पर्छ । यसमा महिला मुक्ति आन्दोलनका हिमायती पुरुषहरुलाई समेत समेटेर जानुपर्छ ।

नेपालमा महिला मुक्तिको कुरा नाराबाजीमा मात्र सीमित भएको देखिनछ । यसलाई व्यवहारिकतामा ढाल्न र व्यापक पार्न के गर्नुपर्ला ?

निश्चय पनि नारी मुक्ति आन्दोलन बढी नाराबाजीमा मात्र सीमित भएको कुरा म स्वीकर गर्छु ।

यसलाई व्यापक र विस्तृत गर्न, आन्दोलनलाई सभा, गोष्ठी एवं सेमिनारहरुमा मात्र सीमित गर्नु हुँदैन, यसलाई ‘ग्रास रुट’ सम्म लैजानुपर्छ । नेपाली नारी मुक्ति आन्दोलनलाई यस्तो महिलाको खाँचो छ ।

महिलाहरुमा चेतना जगाउनका लागि महिला साक्षरता बढाउनमा जोड दिइनुपर्छ । यस दिशमा महिला मुक्ति आन्दोलनकर्मीहरुले सरकारलाई घच्घच्याउने तथा दवाब दिने गर्नुपर्छ ।

हाम्रो समाजमा गरिब र धनीको अन्तरविरोधले महिला र महिलाबीचमै पनि अन्तरविरोध पैदा गराएको छ । यद्यपि एकमुठी अभिजात शोषक वर्गका महिलाहरु आर्थिक रुपले शोषित नभए पनि पुरुषबाट शोषितै हुन्छन्, कुनै पनि नेपाली महिला शोषणरहित छेनन् । तर, माथिल्लो वर्गको महिलाको दृष्टिकोण तल्लो वर्गका महिलाप्रति शोषक र शोषित नै छ । यसलाई नेपाली नारी मुक्ति आन्दोलनले मेट्न सक्नुपर्छ ।

सामाजिक उत्पादनका काममा महिला सहभागितालाई विस्तृत गरिनुपर्छ र पुरुष सरह समाजनता दिलाउनेतर्फ नारी मुक्ति आन्दोलन केन्द्रीत रहनुपर्छ । आथिृक दुरावस्थाले तथा जोरजुलुम जबरजस्ती वेश्यावृत्ति पेशा अपनाउन बाध्य भएका महिलाहरुको उत्थानमा , त्यस समस्याको नियन्त्रणमा महिला आन्दोलन केन्द्रीत रहनुपर्छ । नारी शोषणको यो पक्षलाई नारी मुक्ति आन्दोलनले संगेट्नै पर्छ । त्यस्तै धार्मिक स्वतन्त्रता, समतामुलक वैवाहिक स्वतन्त्रताको पक्षमा नारी आन्दोलनले आवाज उठाउनुपर्छ । र, महिला हितकारी कानूनहरुको निर्माण गर्न सरकारलाई दवाब दिनुपर्छ ।

दायित्वबोध

संरचना साप्ताहिक, २०४९ जेठ १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्