२०८० मंसिर २५

मैत्री सानाकिसान कृषि सहकारीकाे चौथो वार्षिक साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक ,२८ असोज
मैत्री सानाकिसान कृषि सहकारी सस्ंथा लि. को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आईतबार बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदको पमुख आतिथ्तामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

७ सय १५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ७८ लाख ८१ ह्जार रहेको सहकारीका अध्यक्ष सुब्बा प्रसाद दुलालले जानकारी दिए । गत वर्षको तुलनामा २७ लाख ७६ हजारले शेयर पुँजी वृद्धि भएको उनको भनाई छ । निक्षेप दायित्वमा यस सहकारीमा रहेका शेयर सदस्यहरुले नियमित गरिरहेको बचतबाट चालु आर्थिक वर्ष २०७९ ८० मा १ करोड ५२ लाख ६० हजार २ सय २० रुपैया निक्षेप दायित्व कायम रहेको छ भने जगेडा कोषमा ४१ लख ६७ हजार ३ सय १६ रुपैया रहेको अध्यक्ष दुलालले बताए ।

साधारणसभालाई सम्बोधन गदै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताए । ग्रामिण क्षेत्रमा बस्ने, विपन्न समुदायका जनतालाई आयआर्जन गर्न र आयआर्जन भएको रकम वचत गर्न सिकाएर देशको आर्थिक विकासमा महत्वपूर्ण योगादन गर्ने सुनाए ।

समाजलाई पूँजीमा टेवा पुर्याउन सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले सहकारीका सदस्यहरुले पालना गनुपर्ने नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्ने र सहकारीमा शेयर पुँजी बढाउँन सम्पुर्ण सदस्यहरुलाई आग्रह गरे । आफ्नो तर्फबाट हुने सहयोगमासक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए । सहकारी मर्चको अभियान चलिरहेकै बेला उहाँले सहकारी मर्च सहकारी संस्था सवलीकरणका आवश्यक रहेको तर्क दिए। आपसमा मिल्ने कुरा सबैले स्वीकार गर्नुपर्छ भन्दै मन्त्री दुलालले मर्च हुँदमा खर्च कम हुने मात्र नभई पुँजी र बचत वुद्धि भई सहकारीकै विस्तारमा समेत टेवा पुग्ने धारणा उनको थियो ।

संस्थाका अध्यक्ष दुलालले प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई सबल र समुन्नत बनाई सदस्यहरुको बृहत्तर हितका लागि सदस्यहरुको सहभागिता र क्रियाशीलतामा समिति प्रयासरत रहेको बताए । साथै बचत संकलन गर्नाका लागि सस्थाका कर्माचारीहरु समय तालिका निमार्ण गरी प्रत्येक महिना शेयर सदस्यहरुको घरघरमा पुगी प्रत्येक महिनाको बैठक गरी बचत संकलन गरिरहेको समेत अध्यक्ष दुलालले बताए ।

सो कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष डम्बर बहादुर तामाङ , सिद्धि गणेश माविका प्रधानाध्यापक राजकुमार यादव लगाएतका व्यतिmत्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्