२०८१ श्रावण १२
                           

हवाई एम्बुलेन्स सेवा तयारी

अति विकट तथा आकस्मिक अवस्थामा दुर्घटना तथा गम्भिर प्रकृतिको बिरामीका लागि हवाई एम्बुलेन्स सेवाको आवश्यकता रहेको सन्दर्भमा प्रदेश नं. ३ को हाल सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा र सिन्धुली जिल्लालाई लक्ष्यित गरी उक्त सेवा सञ्चालनका लागि अवधारणा तथा भेलाको लागि एक समिति गठन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिको संयोकत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजू, धुलिखेल अस्पतालका आकस्मिक सेवा विभागीय प्रमुख डा. सानुकृष्ण श्रेष्ठ र मानव अधिकारकर्मी नातीबाबु धिताल सदस्य रहेको सो समितिबाट प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालसंगको समन्वय तथा पाँचवटा जिल्लाका समन्वय प्रमुख, प्रशासन प्रमुख, स्वास्थ्य प्रमुख लगायत सरोकार निकाय र धुलिखेल अस्पतालको प्रतिनिधित्वमा प्रारम्भिक छलफल गर्ने समितिले जनाएको छ । हवाई एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोगी निकाय तथा व्यक्तिको सहयोगमा निश्चित कोषको स्थापना, सेवा प्रदायक हवाई कम्पनीसंग साझेदारी समझादारीता तथा धुलिखेल अस्पतलालको प्राविधिक साझेदारीतामा अवधारणा तयार गरी भेलामा प्रस्तुत गरेपछि कार्यनीति तथा मार्ग प्रसस्त हुने र भेलाबाट यो सेवाका लागि नेतृत्व चयन हुने समितिका संयोजक कमलचरण कक्षपतिले बताएको छ ।
अवधारणा तथा भेला समिति गठन हुंदै गर्दा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेलले आफ्ना पिता स्व. सूर्यमान ताल्चाभडेलको स्मृतिमा रु १ लाख ११ हजार १ सय एघार रुपैया हवाई एम्बुलेन्स सेवा कोष स्थापनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्