
मन्त्री परीषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरुसगँ छलफल र परामर्श विना तयार गरेको विधेयक मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपुर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि संलग्नता र भुमिका नरहने गरी विधेयक तयार गरेकाले यो ज्ञापन पत्र बुझाउँन आफुहरु बाध्य भएको विद्यालय व्यवस्थापन समितिका केन्द्रीय सचिव मञ्जु नेपालले बताउँनुभयो ।
सिन्धुपाल्चोक जिल्लाका ५ सय ४७ वटा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको गम्भीर ध्यानकर्षण भएको केन्द्रीय सचिव नेपालको भनाई छ । वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथी सिधै प्रहार भएको केन्द्रीय उपाध्यक्ष सोम सापकोटाले बताउँनुभयो ।
अभिभावकको श्रम ,स्रोत र अगुवाईमा स्थापना भएका सबै सामुदायिक विद्यालयहरुको स्वामित्व अभिभावकमा निहित छ र हुनुपर्छ ।आफ्ना बालबालिका पठनपाठन गर्ने विद्यालय कसरी चल्छ र कसले चलाउँछ भन्दै सापकोटाले प्रश्न पनि गर्नुभयो ।

समुदायको स्वामित्व र अगुवाईमा हुने विधालय सामुदायिक विद्यालय हो संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखियोस , विधालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखियोस , जनप्रतिनिधि र प्रधानध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधी पाचँ वर्ष कायम गरियोस ,खला प्रतिस्पर्धाबाट प्रधानध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरियोस लगाएतका
माग ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्