२०८१ श्रावण १२
                           

श्रीकृष्ण जन्मोत्सव (कविता)

घनश्याम नेपाल (शीतल) —- 

कृष्ण जन्माष्टमी पर्वको दिन् महाँ

औधि नै हर्षले गद् गदाए यहाँ ।

यो भुमी कृष्ण राधा हरी रामको

हुन् उनै नाथको नाम हो श्यामको ।

 

राष्ट्रको यो चिनारी छ मेरो भुमी

कृष्णको हातमा बज्छ त्यो बाँसुरी ।

संस्कृती नै ठुलो आजको यूगमा

हो पहीचान हाम्रो छ यो माथमा ।

 

बिष्णुको रामको राज्यमा बस्दछौँ

हे कनैया भनी कृष्णनै जप्दछौँ ।

सत्य झुट्टो छ के गुन्दछौँ सुस्तरी

यो छ प्यारो भुमी बुझ्दछौँ राम्ररी ।            

प्रतिक्रिया दिनुहोस्