२०८१ श्रावण १२
                           

नेपाली हास्यव्यंग्य साहित्यका बहुुआयामिक मूूर्धन्य प्रतिभा नरेन्द्रराज पौडेल !

१७ भाद्र २०८०, बद्री प्रसाद दाहाल – नेपाली हास्यव्यंग्य निबन्धमा लामो समयदेखि साधनारत नरेन्द्रराज पौडेल नेपाली साहित्यका पाठकहरूका लागि सुुपरिचित लोकप्रिय साधकको नाम हो । निबन्धमा मात्र नभएर कविता, कथा, समीक्षा एवं समालोचना, नियात्रा, संस्मरण, उपन्यास र बाल साहित्यमा यिनको कलम प्रवाहमान् हुुँदै बहेको छ । वक्रोक्ति अभिव्यञ्जनामा लक्षणा तथा व्यञ्जना शब्दशक्तिमार्फत उनका सिर्जना बौद्धिक, प्राज्ञिक, समसामत्यिक र प्रौढ चिन्तनमा खारिएर माझिएर छताछुल्ल हुँदै सहजतामा मुस्कुुराएका छन् । व्यक्ति, समाज, देशदेखि अन्तरदेशसम्मका विसंगति, विकृति, बिप्ल्याँटा र अडमिल्दा प्रवृत्तिमाथि उनको कलम निर्मम भएर विवेकलाई गम्लंग अँगालो मार्दै धाराप्रवाह गतिमान् बनेर बुुर्कुुसी मार्न अब्बल तथा सक्षम छ ।

विसं २००६ साल जेठ ९ गते इन्द्रावती ७ सीपापोखरे सिन्धुुपाल्चोकमा आँखा खोलेका यिनी सानैदेखि प्रतिभाशाली, फराँसिला, बोलक्कड, मिलनसारर सिर्जनाको समाधिमा बस्न तीव्र रुचि राख्ने आदतका थिए । हालै नेपाल सरकारद्वारा भाषासाहित्यतर्फको २०८० को राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्तगर्न सफल यिनले पाँच दर्जनभन्दा बढी सम्मान र पुरस्कारका दिव्य हार हातलाइसकेका छन् । यतिखेर यही भदौ महिनाको ९गते शनिबार फित्कौली अनलाइन मिडियाले उनको नयाँ हास्यव्यंग्य संग्रह ‘भ्यागुताको श्वेतपत्र’ प्रकाशन गरी विमोचन पनि गरायो ।

पच्चीसवटा अत्यन्त रोचक, घोचक र हृदयमोचक निबन्धहरू यसभित्र संग्रहित छन् । तिनै गहन निबन्धलाई आज यो बाउन्नेले चर्चा गर्ने जोखिम र दुस्साहस गर्दैछ ‘प्रांशुुलभ्ये फले लोभादुुद्बाहुुरिव वामनः’ भनेझैँ । साहित्यका विविध विधामध्ये हास्यव्यंग्यको क्षेत्र, कविता हुन् वा कथा, नियात्रा हुन् या संस्मरण, निबन्ध हुन् वा उपन्यास, समीक्षा, समालोचना वा विवेचना सबैमा निबन्धकार पौडेल असंगतिलाई उधिनेर हास्य र व्यङ्ग्यको पुुट कतै छुट नभई दुराचारमाथि व्यञ्जनाका खुँडा उध्याइहाल्छन् ।

विसं २००६ साल जेठ ९ गते इन्द्रावती ७ सीपापोखरे सिन्धुुपाल्चोकमा आँखा खोलेका यिनी सानैदेखि प्रतिभाशाली थिए । हालै नेपाल सरकारद्वारा भाषासाहित्यतर्फको २०८० को राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्तगर्न सफल यिनले पाँच दर्जनभन्दा बढी सम्मान र पुरस्कारका दिव्य हार हातलाइसकेका छन् ।

‘भ्यागुताको श्वेतपत्र’-कृतिको पहिलो निबन्ध ‘भाँतीभाँतीको कपालभाँती’ हो । यसले ‘अल्प शिक्षा भयङ्करी, बुुझ्दो न सुुझ्दो टुुँडीखेल कुुद्दो’ भन्ने उक्तिलाई पुुष्टि गरेको छ । ‘योगाभ्यास’ शरीर र मनलाई स्वस्थ राख्ने अचूूक औषधि हो भनेर प्रयोगात्मक शिक्षण गराउँदै आएका बाबा रामदेवको आलोचना नगरेर पौडेलले अल्पज्ञानी, ढोँगी, नक्कले नेपाली हाउडे भक्तप्रवृत्तिमा सिस्नुुपानी लगाएका छन् । समाजका विभिन्न प्रतिनिधिपात्रको जमघट गराई सूूत्र र नियम कुल्चेर योगलाई ‘ठाउँ न ठहर केजात्ति रहर’ भनेझैँ कपालभाँतीको नाममा रमिता मच्चाउने हुुलका कन्सिरीका रौँ मजैले उखेलेका छन् ।

दोस्रो ‘चड्कनचर्या’-मा हाटा गरी ढुकुटी सुकुटी बनाउने शासक र प्रशासकहरूको कौपीनको पीन खुुस्काइदिने गरी व्यङ्यका भाटा बजारेका छन् । यहाँ नयाँ मिटरब्याजी साहूू, चौथीका काक्रा चोर, बेबफा प्रेमीलाई प्रेमिकाले दिने नाना भाँती चड्कनलाई रसिक शैलीमा उतारेका छन् । एक महिला मन्त्रीका नरम हातले खाइखेली चिल्लिएका प्रशासकका गालामा डाम बसाएर चड्कनले धड्कनै रोकिएको अन्य घटनालाई कति सुस्वादु शैलीमा बुनेका छन् । गुरु बा र गुरुमाहरू गोरु बा भएर किशोरकिशोरी विद्यार्थीहरूका गण्डस्थलमा चड्कन चिउरा उपहारले फौजदारी बारदात निम्त्याएको कथाको व्यथा मजाले पस्कनुुभएको छ । त्यस्तै पापी र रापी शासक प्रशासकका हन्तकाली बुुभुुक्षालाई नांगेझार बनाएका छन् निबन्धकारले ।

तेस्रो ‘अर्जुनदृष्टि’-मा शब्दहरूको वाच्यार्थ, लक्ष्यार्थ र व्यञ्जनाथर्को गौरव नबुुझी ‘अर्थ न बर्थ गोविन्द गाई’ बनाउनेको सातोपुुत्लो उडाएका छन् । विभिन्न क्षेत्रका हराम खन्चुरामका भाषणमा ‘हर्रो नपाउँदो जाइफल धाउँदो’ भनेझैँ शब्दको गुुरुतालाई लघुताको भासमा जाकेर टोपीलाई मोजा र मोजालाई टोपी बनाएझैँ पो गरेका छन् आबाज, आसय असार सार बोक्ने शब्दहरूको चिरहरण गरेर । यसरी शब्दको मर्म नबुुझेका शर्मको बिलो पनि नभएका बकम्फुुसे वाक्तस्कर वा वाचस्तेनहरूले ‘अर्जुनदृष्टि’ जस्ता पदावलीलाई ‘जताजता बराजु उतैउतै स्वाहा’ पारेको देख्दा निबन्धकार राँक्किएर काल भैरवझैँ पोखिएका छन् ।

‘आ-आफ्नै भाँडतन्त्र’को अर्को निबन्धले विखण्डन र वितण्डाको गलगाँडतन्त्रे भाँडतन्त्रमा शब्दका जुलुस उठाएर विचारका तुमुल ध्वनिको बमबारी गराइदिएका छन् । पाँचौं ‘कोसेली महात्म्य’-ले महाकवि हुन मुुखमुुखमा पुुगेका अरष्टकवि र अर्का जताततैबाट अयोग्य स्रष्टा बन्न पुुगी बहिष्करणमा परेका लखरट्वाक कविबीचको भेटघाट देखाएर काव्यकारहरूमा छेडखान र उनीको उच्चताभाष तथा नीचताभाषमा शल्यक्रिया चलाउँदै अयोग्य लडाकुुसित लखरट्वाक कविलाई मित धसिदिएका छन् । ‘जादूूको मिटर’ निबन्ध नाराका तारा देखाउने बेसहारा, लफुंगा र आभारा नेताका जनताका घरघरमा ग्याँसका पाइप बिछ्याउने भूूmठको पुलिन्दामा मजाले बुुठ बजार्न पुुगेको छ । ‘चीबेको चुरीफुरी’ निबन्ध पञ्चतन्त्र र हितोपदेशका कथालाई झलक दिने खालको छ जहाँ अविकसित राजनीतिक संस्कृतिको फोहरका डंगुरलाई हुरलधुरल पार्न साँच्चैको ‘नरेन्द्र’ बनेर उभिएका छन् पौडेल ।

‘बुुर्लुुक्क बाबुुको जय होस्’ भित्र थारा नाराका तारा देखाएर जनतालाई झारा तिर्ने र तात्तो न छारो बुुर्लुुक्क हुुँदै उफ्रने तुुच्छ राजनीतिक चरित्रधारीको झ्याँको झारिएको छ । अर्को जोडदार व्यंग्य ‘घरज्वाइँको धन्दा’–मा निबन्धकार जोगी हुन राजनीति नगरेका भोगी, क्रोधी, अहंकारी, पाखण्डी, वाचालर अगस्तिबृत्तिका हन्तकाली जमातको आन्द्राभुुँडी निकाल्न सफल शल्यक्रिया गर्छन् । निबन्धको दुुई वाक्य पढौं त ः ‘सत्ता भत्तारूपी भोग मिष्टान्नमाथि थुतुनो जोत्ने प्रयोजनका लागि मात्रै यो धरामा पधारिएका यी घरज्वाइँहरू विदेशतिर शयर गर्ने, रामरमिता मनाउनजस्ता कार्यमा भने झनै सौखिन भेटिन्छन् ।

नरेन्द्रराज पौडेलका हास्यव्यंग्यमा नेपाली समाज र शासनको संरचना तथा स्वरूप देखिन्छ । यो संरचनास्वरूपलाई अझै गहिरिएर हे¥यौं भने त्यहाँ आर्थिक वैषम्य, सामाजिक तहसोपान, लैंगिक सम्बन्ध, पेशा र प्रवृत्तिको रूप देखिन्छ । सरल रूपमा प्रस्तुत भएर गहन विषयबोध गराउन भ्याउँछन् ।

जनताको सुरक्षा, हेरचहर, सातुुसामल, पानीबत्ती, रोजगारी अदिको व्यवस्थापन गर्ने कर्तव्यप्रति सधैं लापर्बाह र निष्ठुरी शैलीमा उत्रिएका यी ज्वाइँहरूका माथाभित्रको मथिंगलमा आफूबाहेक अरू मान्छेको सुखदुुःख घातप्रतिघातको कुनै ख्यालै पलाउँदैन रहेछ’ । घरज्वाइँको सामाजिक उपाख्यान पनि राजनीतिको नाममा वाजनीति चलाउने चोरका बाउ चण्डालकै लागि खर्चिन पर्दा हास्यव्यंग्यकारको कनपारो तातेको तात्यै छ । त्यस्तै ‘बडीको गडबडी, डाङडुुंगे ड, माछो माछो भ्यागुतो कार्यतालिकाको हेरफेर, नेताजीको भर्मन’-जस्ता निबन्धहरू लक्षणा र व्यञ्जनामा घनटाउकेहरूका टाउका सोझ्याउँदै देशको कोश बेहोस पार्ने विभिन्न तप्काका हाम्सुरवादी खन्चुवा जमातमा शब्द ब्रहृमकोछडीले ठटाउनुु ठटाएका छन् ।

अर्को सशक्त व्यंग्य ‘ऊर्जाको पुुर्जा’ राजनीतिक व्यभिचारतिरै तीर सोझ्याउन पुुगेको छ । नमुनाको लागि निबन्धको एक उद्धरण : ‘उता अन्नखेतीले मात्र पेट र पाकेटको चुनौतीलाई धानोस् पो कसरी ? त्यसैले अब अँध्यारो भगाउने नाममा बाँडिने ऊर्जाको पुर्जा अनि ऊर्जा खेतीलाई पनि आधुनिक व्यवसायमा समावेस गर्नुपर्ने बेला आइसक्योभन्दा कुनै फन्दामा परिने त पक्कै छैन । थरीथरी अनुहार लिएर सत्ताको कुुर्सीमाथि चढ्ने नौथरी नायकका खल्ती पेटहरू परम्परागत कमिसन, दलालीदस्तुरले मात्र भरिने छाँटकाँट देखिँदैन । साथै तिनका आइतेमैते, नानाथरी सल्लाहकार, सहायक र नाताकुटुम्बसमेतका बढ्दै आएका ओडारजस्ता मुखमा बुुझो लगाउन पनि ऊर्जाखेती अनिवार्य भइसकेछ भन्ने लाग्छ’ ।

प्रस्तुत निवन्ध झोलामा खोला बोकेर हिँड्ने ब्रोकर र जोकरहरूका लागि ‘ऊर्जा लाइसेन्स’ ओखर तथा चोकर भएको यथार्थ मुखर गर्न सफल छ । त्यस्तै ‘तेलको चलखेल’-मा तेललाई बिम्ब बनाएर थरीथरीका वृत्ति र बानीव्यवहारलाई कथावस्तुमार्फत निबन्धलाई पूूर्णता दिएका छन् । अर्को ‘जिस्किनुुको आनन्द’-ले राष्ट्रिय ठट्टका सूूत्राधार रागेपाटे झालेमाले तिल्केतारे खलनायकहरूको उछित्तो काढेको छ भने अर्को ‘महान् साहित्यकार’ ले उम्दा निजात्मक शैलीमार्फत कतिपय साहित्यकारहरूको अहम्को चुली, दम्भको फुली, आफैंमात्र सबै भन्ने मवादमा थप्पड हानेका छन् ।

विभिन्न सुुक्ति, उखान, वाक्पद्धति वा मुहावराले निबन्ध हराभरा भएको छ र कथ्य भर्खरै उध्याएको हतियारजस्तो धारिलो देखिन्छ । अरूको सिर्जना फिटिक्कै नहेर्ने र आफूमात्र ‘एकोहं ब्रहृम’ ठम्याउने महाड्याङ्गोले ग्रस्त मानसिकतामा गतिलो सुुई ज्यानको सबैतिर घोचिदिएका छन् । यसै क्रममा ‘सम्झिरहे पाप लाग्ला, ढ्वाङखाली पार्टी, अथ जस्ता त्रिपाल ग्रहणम्, उरुस्कार आतंक, काँचो नरिवल कट्मिरो गणतन्त्र, सम्मानको भुुक्तमान’- जस्ता निबन्धले चोटिलो, पोटिलो, खोटिलो जोसिलो शैलीमा भुुक्तमान वर्तमानका विषयवस्तुुहरू पस्केर निबन्धकार आफ्नो व्युुत्पत्ति प्रतिभा र अभ्यासको तपस्यालाई पाठकसमक्ष रुचिकर बनाउन सक्षम छन् ।

संग्रहभित्रका पच्चीसै निबन्धको शीर्षस्थ नेता वा मुखपात्रको रूपमा आसीन ‘भ्यागुताको श्वेतपत्र’ हजमुलाको ताजा गोली बनेर भुुँडीभित्रका सिरीखुुरी बाहिर झार्न सफल भएको छ । अधुनातन नेपालको प्रशासक शासकचरितचर्याको खोक्रो आडम्बर निर्वस्त्र बनाइएको छ । पौडेल महोदयका हास्यव्यंग्य निबन्ध संग्रह सात कविता दुई कथासंग्रह पाँच नियात्रा तथा संस्मरण पाँच समीक्षा संग्रह एक बालउपन्यास एक आदि गरी दुुई दर्जनभन्दा बढी प्रकाशित कृति र कयौँ संख्याका अप्रकाशित कृतिले उनको रुचि, लगन, समाजप्रतिको जिम्मेदारी देशप्रतिको बफादारीलाई छर्लंग पारेको छ । झन्नै दुुई दर्जन जति प्राज्ञिक, धार्मिक एवं सिर्जनशील बौद्धिक संस्थाको आजीवन, विशिष्ट र मानार्थ सदस्य रहेर आफ्नो रचनात्मक नेतृत्वको टलकदार छविलाई उचो बनाइराखेका छन् । यस पुस्तकका विवेचक, वरिष्ठ विद्वान् भूमिकाकार र

साहित्यकार गोपी मैनालीको शब्दमा :
‘नरेन्द्रराज पौडेलका हास्यव्यंग्यमा नेपाली समाज र शासनको संरचना तथा स्वरूप देखिन्छ । यो संरचनास्वरूपलाई अझै गहिरिएर हे¥यौं भने त्यहाँ आर्थिक वैषम्य, सामाजिक तहसोपान, लैंगिक सम्बन्ध, पेशा र प्रवृत्तिको रूप देखिन्छ । सरल रूपमा प्रस्तुत भएर गहन विषयबोध गराउन भ्याउँछन् । त्यहाँ छ्याकनछेड घोचपेच छ, परिहास, जिस्क्याइ र आक्रमण छ’ फित्कौली अनलाइन मिडियाका सग्ला अग्ला मान्छे नरनाथ उर्फ जुुँगेकाजी प्रकाशकीय कलममा बोल्छन् : समादरणीय हास्यव्यंग्यकार पौडेलका निबन्ध पाठकहरूका लागि सुुरुचिपूूर्ण हुन्छ । अकर्मण्यता, अनाचार र असंगतिमाथि रोचक र घोचक शैली वहाँको वैशिष्ठ्यता हो ।’

अन्त्यमा उनका घरभित्रको गाईजात्रा, बिहेको निम्ता, मङ्की स्टेट अर्थात् वानरराज्य, प्रमुख अतिथि हुनुको आतंक, छुटेको छाता, विमोचनको बिगबिगी र हाल हजुरहरूसमक्ष भ्यागुताको श्वेतपत्र गरी सात थान हास्यव्यंग्य संग्रह नेपाली साहित्य भण्डारमा थपेर आफ्नो लेखन कौशलता संस्थापित गरेका छन् । जलथल पर्वत आकाश सबैतिर विष्णु छन् भनेझैँ साहित्यका हरेक विधामा हास्यव्यंग शैली, धारा वा तारा बनेर बहने र उज्ज्वलता दिने गर्छ । नेपाली हास्यव्यंयका देदीप्यमान प्रतिभा अग्रज नरेन्द्रराज पौडेलमा धेरैधेरै बधाई र प्रणाम ! अस्तु ।
himalayatimes

प्रतिक्रिया दिनुहोस्