२०८० चैत्र १६

मन जितिरहेको एउटा गजल “के लत बस्यो मलाई” दर्शकमाझ दिनानुदिन लत बसाउदै

काठमाडौं । सामाजिक संजाल लगायत विभिन्न सुचना सम्प्रेषणका माध्यममा नियाल्दै आउनुभएको होला यो गजल , आजभोलि धेरै दर्शकमाझ लत बसाउन सफल भएको छ ” के लत बस्यो मलाई …. ” गजलकार डाक्टर प्रदीपकुमार मैनालीको रचनामा रहेको उक्त गजलको गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वर रहेको गजल केही दिनयता चर्चामा चुलिएको छ ।

गजललाई सात दिनअघि मात्र पेलाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीतका हस्तीहरू मात्र होइन, युवा पुस्ताका संगीतप्रेमीले समेत यो गजललाई खुबै मन पराएका छ्न । गजल ‘मुजारे मुसम्मन अखरब’ बहर र ‘दिक्पाल’ छन्दमा रचना गरिएको छ । त्यसमा संगीतकार पेलाले मालकौंस रागको ध्वनि भरेका हुन् ।

उक्त गजल सर्वत्र भएपश्चात आज हामी सोही गजलका गायक तथा संगीतकार तिलकसिंह पेलाको निवासमा पुगेका छौँ । काठमाडौं स्थित बनस्थलिको एक घरमा उनि बस्दै आएका रहेछन । घरको गेटमा पुग्दा माथिबाट एकले कानमा मोबाइल लग्दा अर्को हात हल्लाउँदै हामिलाई इसाराले डाकेका पेलाको हामी पुगेपछि पनि करिब आधा घण्टा भन्दा बढी समय फोनमा नै बित्यो । आजभोलि पेलालाई फोनले हैरान पारेको छन । उनी मुस्कुराउदै भन्छन यो गजल आएदेखि यति फोनको प्रेसर छनी सनिवार त मैले दिनभर फोन अफ गरेर बसे , एउटा फोन काट्न पाएको छैन अर्को फोन आउँछ । मैले यति धेरै यो गजलले दर्शकको ध्यान तान्ला भन्ने सोचेको थिन । सुदुरपश्चिमको बैतडीमा जन्मिएका सांग पेलाले ०५३ सालमा नै उनको ‘आँसु’ एल्बममा समाहित भएको गीत ‘लुकाउन खोज्दा पनि’ गीत निकै लोकप्रिय बनेको थियो ।

यसै सांगीतिक कोसेलीमार्फत बैतडीबाट पहिलो आधुनिक गायकका रूपमा उनको उदय भयो । त्यसपश्चात् भने सांगीतिक बजारभन्दा पर अलग्गै रहेर उनी निरन्तर संगीत साधनामै अभ्यस्त थिए । तीन वर्षअघि मात्र उनी २३ वर्षपछि ‘निर्जन किनार आँसु भाग ३’ लिएर बाहिर निस्केका थिए । कोरोना महामारीको समयमा एक्लोपनको सहारा बन्यो । गजलकार विक्रम तिमल्सिनाको गजल ‘माया मात्र कस्तो–कस्तो अलिअलि चोट देऊ’ मा उनले धुन भरेको लयलाई अर्का गजलकार मैनालीले भेट्टाए । गजल तथा साहित्यिक फाँटमा एक दशकभन्दा लामो समयदेखि सक्रिय मैनाली पनि पेलाबारे अनभिज्ञ नै थिए ।

पेलाले गाएको गजलको सेर र धुनले उनी निकै प्रभावित भएर अर्का गजलकार रवि प्राञ्जलमार्फत उनले पेलालाई भेटे । आफ्नो गजललाई सांगीतिक रूपमा लैजाने प्रयासमा उनले लामो समय दौडधुप गरेको बताउँछन् । संगीतको धुन र लयप्रति चित्त नबुझेर धेरै स्रष्टाहरूसँग सम्झौता भएको रकमसमेत फिर्ता लिए । कतिसँग त त्यतिकै छोडिदिए । प्राञ्जलमार्फत पेलाको सांगीतिक स्वभावलाई बुझेका मैनालीले गजल गायनको प्रस्तावभन्दा पनि मित्रतालाई पहिलो प्राथमिकतामा राखे । ‘उहाँलाई सुरुमै मेरो गजलमा संगीत भरेर गाउनुस् भन्न सम्भव नै थिएन । निकै पटक भेटघाट र मित्रता भएपछि बल्ल मैले आफ्नो प्रस्ताव राखें,’ उनले स्मरण गरे ।

पेलालाई राजी गराउन पेलालाई राजी गराउन उनलाई दुई वर्ष लाग्यो । गजलहरूको मर्म बुझेर धुन, लय, ताल र रागहरू खोज्न मात्र दुई महिनाभन्दा बढी समय लागेको पेला बताउछन् । ‘अहिलेको गजलका लागि दुई/तीन वटा रागमा धुन भर्दै चित्त नबुझेपछि फेरि अर्को खोज्ने काम भइरह्यो । आफूलाई चित्त बुझेपछि फेरि प्रदीप सरलाई सुनाएँ र उहाँलाई पनि धुन खुब मन पर्यो,’ उनले भने ।

त्यसपछि अब गजल गाउने पक्का भयो । उक्त गजल रेकर्ड भएपश्चात उनिहरुले धेरै ठाउँबाट भिडियोको लागि कुरा आउँदा पनि अस्वीकार गरे कारण थियो भिडियो भन्दा अब्बल अडियो हुनुपर्छ । अब फेरि पेला तत्काल अर्को संगीत कोसेली पस्कने मोडमा छैनन् । दर्शकहरुको अपार मायाले मलाई ज्यादै ऋणि बनाएको छ तत्काल त नहोला म कुनै समय फेरि यसरी नै लत बसाउने कोसेली लिएर उपस्थित हुनेछु ।सुरेस तिमल्सिना , काठमाडौं 

प्रतिक्रिया दिनुहोस्