सिन्धुपाल्चोक ,१८ साउन
नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभएकाे छ।
पार्टीको नीति कार्यक्रम,संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी धेरै पटक सम्झाउँदा पनि पार्टी हितका विरुद्ध गतिविधि गरकाले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको खतिवडाकाे भनाइ छ।
नेकपा एमालेमा प्रवेश गर्न लागेका कर्माचार्यलाई पार्टीले निकालेकाे हाे।उहा शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गदैहुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्