२०८१ जेष्ठ ६

भोताङमा गरीयो एक दिने पशु शिविर

सिन्धुपाल्चोक ,२ साउन- भोताङमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम  भएको छ । मंगलबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३, भोताङमा आर्सो नेपालले TGH नेपालको आर्थिक सहयोगमा संचालन गरिरहेको थाङ्पाल उपत्यका एकिकृत पुनर्लाभ कार्यक्रमको आयोजना र पाँचपोखरी थाङपाल गाउपालिकाको समन्वयमा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा नाम्ले जुगा, सामान्य ज्वरो, पशु बन्ध्याकरण, गोबर तथा दुध परिक्षण, विभिन्न माहामारी जन्य रोगको उपचार तथा परामर्श प्रदान गरिएका आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । शिविरबाट १०९ जना कृषकले सेवा लिएका छन ।

शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धुलिखेलका डा.दुर्गा पाण्डेले परामर्श दिनुभएको थियो । शिविरलाई पाँचपोखरी थाङपाल गाँउपालिकाका पशु शाखा प्रमुख माईसिङ तामाङ, वडामा कार्यरत पशु प्रविधिकहरू सुनिल ढकाल, रबिन ढुङ्गाना, संगीता तामाङ र आर्सो नेपालका कृषि प्राविधिक मालती सापकोटाले सहजिकरण गर्नुभएको थियो । शिविर वडा नम्बर ३ संगै ४, ५ र ६ मा पनि संञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्