२०८१ श्रावण १२
                           

महिला र किशोरीको लागि तालिम संचालन हुदै

भदौ ४ — सिन्धुपाल्चोकका महिला तथा किशोरीलाई लक्षित गर्दै फिमेल लिडरशिप एकेडेमी कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम अन्तरगत निःशुल्क शैक्षिक कक्षा र विभिन्न विषयमा तौलिम संचालन हुने आयोजन विश्व समावेशी साहसी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष माया गुरुङका अनुसार कार्यक्रममा कक्षा १२ मा अध्ययनरत तथा अध्ययन सकिएका १६ वर्ष पुगेका र ३० वर्ष ननाघेका महिला तथा किशोरीहरुलाई समावेश गरिने छ ।
कार्यधmममा समावेश हुनेहरुलाई दुई वर्षसम्म कम्युटर, अंग्रेजी भाषा, वक्तृत्वकला ,आत्म सुरक्षा, नेतृत्व विकास संगै आफ्नो दृष्टिकोण ,योजना र लक्ष्य निर्धारण सम्बन्धी ज्ञानमा जोड दिईने अध्यक्ष गुरुङले बताउनुभयो । दुई वर्ष सम्म संचालन गरीने कक्षाबाट औद्योगिक तथा उद्यमशीलता सम्बन्धी ज्ञान,वित्तीय साक्षरता, पर्यटन, आउटडोर नेतृत्व विकास देखि संजालिकरण लगायत विविध क्षेत्रमा सफलता प्राप्त गरिसकेका स्वदेशी तथा विदेशी उत्प्रेरकहरुबाट प्रेरणादायी कक्षा संचालन गर्ने संस्थाले लक्ष्य लिएको छ ।
संस्थाका उपाध्यक्ष गौरी मल्लाकरका अनुसार यो तालिम सिन्धुपाल्चोकको ४ मा।वि विद्यालय र काठमाडौको एक विद्यालयमा संचालनमा आउने छ । रत्नराज्य मा।वि चनौटे, क्षेत्रपालेश्वरी मा।वि तिपेनी, रत्न गंगा मा।वि चौतारा, इन्द्रेश्वरी मा।वि मेलम्ची र पासाङ ल्हामु फाउन्डेसन धुम्बाराहीमा संचालन हुने छ । प्रत्यक विद्यालयमा चालिस जनाको दरले सिन्धुपाल्चोकका दुई सय जना महिलाललाई यो तालिममा समावेश गर्ने संस्थाको योजना छ । अध्यक्ष माया गरुङ भन्नुहुन्छ , “अहिले जुगल बेस क्याप जान्छु भनेर कसैले भन्दा यहा लोकल गाईड पाईदैन, यो तालिम पछि हामि यहि स्थानमा गाईड उत्पादन गर्छौ र रोजगार पनि दिन्छौ । ” गरुङ थप्नुहुन्छ , “उहाँहरुले सिटिईभिटि लगायत आधिकारीक निकायबाट सर्टिफिकेट पनि पाउनुहुन्छ । ”
यस्तो खालको जीवन उपयोगी सीप तालिमले सबै क्षेत्रमा महिलालाई अवसर पहिचान गर्न सजिलो हुने उहाँको विश्वास छ । यो नि शुल्क कक्षा भदौ १० गतेबाट सुरु हुने भएकाले अवसरको फाईदा लिन तालिम संचालन हुने विद्यालयमा पुगेर वा सम्बन्धीत पालिकामा पुगेर फारम फर्न सकिने विश्व समावेशी साहसी संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्