२०८१ श्रावण १२
                           

त्रिपुरासुन्दरी गाउँपालिकाले १३ सय बढी पशुमा लगायो लम्पी स्किनविरुद्धको खोप

सिन्धुपाल्चोक,१ साउन

पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले खोप कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाका ६ वटै वडाका १४ सय गाई, भैँसीहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको ६ नम्बर वडाका अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रमेश बोहराले जानकारी दिनुभएको छ ।

हालसम्म गाउँपालिकाभित्रका तौथली ,टेकानपुर ,चोकटी लगाएतका ठाउँका ६÷७ वटा पशुहरु लम्पी स्किनबाट सङ्क्रमित भएको प्रवक्ता बोहराको भनाई छ । गाउँपालिकामा पनि यो रोगका सङ्क्रमित पशुचौपाय देखिन थालेपछि लम्पी स्किन रोग नफैलियोस भन्ने हेतुले गाउँपालिकाले अगावै खोप अभियान सुरुगरेको गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहराले बताउँनुभयो ।

उँहाले भन्नुभयो, ‘कृषकहरुको पशुपालनबाटै आयआर्जन हुने भएकाले रोग व्यवस्थापनका लागी खोप लगाएका हौँ । भोलीका दिनमा रोग फैलिदै गएमा खोप अभियानलाई निरन्तरता दिनेछौँ । ’

111111689601516.jpg

१,२,३ नम्बर वडामा प्राविधिक बद्री भटराई, ४,५,६ वडामा लिला खत्री प्राविधिकले खोप लगाउँनुभएको थियो भने हातेमालो इसाढ्को पनि सहयोग रहेको थियो ।  भेटेनरी अस्पताल विज्ञ सेवा केन्द्र चरिकोटले औषधी सहयोग गरेको छ ।

लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।

33333333331689601472.jpg

2222222221689601470.jpg

प्रतिक्रिया दिनुहोस्