२०८१ श्रावण १२
                           

सीता कार्की बचाउ अभियानको रकम हस्तान्तरण

असार ९-जेठ १७ गते मस्तिष्क रक्तस्राव भइ धुलिखेल अस्पतालमा उपचाररत रहेको अवस्थामा आर्थिक अवस्था कमजोर रहेको निज सीता कार्कीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले जेठ १९ गतेदेखि सीता कार्की बचाउ अभियान संचालन गरि स्वदेश तथा विदेशमा रहनुभएका तथा सहयोगि, मनकारी महानुभावहरुबाट सकेको सहयोग संकलन गरिएको थियो ।

उक्त अभियानमा कुल ४६८६९३ (चार लाख अठसठ्ठी हजार छ सय त्रियानब्बे रुपैयाँ संकलन गरिएको अभियानका संचालक तथा सामाजिक अभियान्ता सन्तोष दङ्गाल ज्युले जानकारी गराउनु भयो।

बिरामीलाई बचाउन नसकेपनि आफ्नो विषम परिस्थितिमा सहयोग उपलब्ध गराइ उच्च मानवीय धर्म प्रदर्शन गरि अभियानमा सक्रिय साथ दिनुहुने सन्तोष दङ्गाल, रामकृष्ण दङ्गाल , रमेश कार्की , अमिर थापा ,युनिक तामाङ लगाएत सहयोगी सबै प्रति सीता कार्कीका छोरा राजकुमार कार्किले हार्दिक आभार र धन्यवाद व्यक्त गर्नु भयो।

साथै उपचार पश्चात् बाकी रहेको रकमबाट सीता कार्कीको सम्झनामा श्री इर्खु माध्यमिक बिद्यालय र श्री महाकाली सेतिदेवी आधारभूत बिधालयलाई क्रमशः एक लाख एक हजार एक सय एघार र तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ सीता कार्की स्मृति अक्षयकोष स्थापनार्थ बिद्यालयका प्रधानाध्यापक प्रकाश दङ्गाल र अप्सरा भारतीलाई चेक हस्तान्तरण समेत गरिएको जानकारी अभियान्ता सन्तोष दङ्गालले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्