चौतारा , १ असार
चौतारा सागाँचोकगढी नगरपालिकाको सहयोगमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगिता तथा नगर सास्कृतिक उत्सव २०८० भव्यताका साथ गरिएको छ ।
शुक्रवार चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७ जना कबिहरुले आफ्नो कबिता प्रस्तुत गरेका थिए ।
कविता प्रतियोगितामा सुस्मा तिमल्सीना प्रथम हुनुभएको छ । बुधबार आयोजित प्रतियोगितामा ‘सिङ्गो पाठशाला’ शीर्षकको कविता वाचन गरेर तिमल्सीना प्रथम हुनुभएको हो ।
प्रतियोगितामा द्वितीय विनोद श्रेष्ठ हुनुभएको छ । उहाँको “म सिन्धु पुत्र हुँ“ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
यस्तै राजाराम तिवारी तृतीय हुनुभयो । उहाँले “आह्वान“ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
निर्णायकमा साहित्यकार अमित घिमिरे र साहित्यकार दिल कार्की हुनुहुन्थ्यो । जिल्लाभरिबाट प्राप्त कविताहरुबाट उत्कृष्ट ७ वटा कविता छनौट गरिएको थियो।
प्रथम ,द्धितिय , तृतिय हुने कबिहरुलाई नगर प्रमुख सापकोटा र प्रेस सेन्टर जिल्ला अध्यक्ष शुन्दर शिरिषले नगद सहित प्रमाण पत्र दिनुभएको छ ।
नगर प्रमुख सापकाेटाले समग्र सिन्धुपाल्चोक जिल्ला अझ जिल्ला भित्रकाे चाैतारा नगरपालिकालाई समेटेर कविता प्रस्तुत भएकोमा खुसि लागेकाे बताउनुभयो ।
सगै उपस्थीत प्रमुख अतिथी विषेश अतिथी र अतिथीहरुलाई मायाको चिनो दिईएको थियो ।
शनिवार साेहि दिन साझँ सास्कृतिक साझँ बाक्लो उपस्थीतिमा धुमधामका साथ गरिएको थियो । उपस्थीतिहरुले आ आफ्नो नृत्य देखाएका थिए । यो चौतारा सागाँचोकगढी नगर सास्कृतिक उत्सव २०८० शनिवार पदयात्रा गरे पश्चात समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्