२०८१ बैशाख ७

स्वास्थ्य मन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन

सिन्धुपाल्चोक , ४ जेठ
सुनकोशी गाउँपालिका १ ठोकर्पामा एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सो अस्पतालको उद्घाटन गर्नुभएको हो ।

सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनको सहकार्यमा संचालित सो अस्पतालको उद्घाटन भएको एक एक पाईला फाउन्डेशनका अध्यक्ष सुमन समसेर थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सो अस्पतालका लागी एम्वुलेन्स उपलब्ध गराउननुका साथै अस्पतालको स्तरोन्नती र आवस्यक उपकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

33333333331684419076.jpg

त्यस्तै मन्त्री बस्नेतले कोरोना कालमा जिल्लामा अक्सिजन प्लान्टको स्थापना गर्नुका साथै ६१८ स्वास्थ्यकर्मीको कोभिड बिमा गरिदिएको बताउनुभयो । आफूलाई १ नम्बर क्षेत्रमा राम्रो काम गरेकाले २ नम्बरको बिकासका लागी पठाएको दाबी गर्नुभयो ।

हरेक अस्पतालको स्तरोन्नती गर्नुका साथै स्वास्थ्य बिमा प्रभावकारी बनाई स्वास्थ्य उपचार नपाएर कसैको ज्यान नजाओस भनेर काम गर्ने र सुर्तीजन्य पदार्थमा कर बढाइ सो रकमले पैशाको अभावमा उपचार नपाएर कोहि मर्न पर्ने अवस्थाको अनत्य गर्ने तर्फ आफू लागी परेको बताउनुभयो । त्यस्तै किसानहरुका लागि मल नपाउने समस्या अन्त्य गर्न नेपालमै यसै वर्षबाट रासायनिक मल बनाउने कारखाना खोल्न क्याविनेटमा पनि प्रस्ताव गरेको बताउनुभयो । अहिलेको सरकार किसानको हक हितमा लागेको लागेको बताउँदै ३ महिना भित्र रिजल्ट आउनेगरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका सभापती अस्पताल ब्यबस्थापन ब्यबस्थापन समिति अध्यक्ष नेत्र बहादुर कार्कीले सामान्य पोलिक्लिनिकको सेवा दिन खोलिएको केन्द्र अहिले अस्पतालमा परिणत भएको र  ६० वर्ष माथिका अशक्त नागरिकलाई निशुल्क सेवा दिने बताउनुभयो । अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । ३ करोड ८३ लाखको लागनिमा निर्मित लिफ्ट सहितको उक्त अस्पतालबाट ४५ हजार बढी नागरिकले सेवा लिइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

4444441684419104.jpg

सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सुनकोसी सरकार एकजुट भएर बिकास निर्माणमा लाग्ने बताउँदै अत्याधुनिक स्वास्थ्य सेवा अब गाउँकै अस्पताल बाट पाइने पाईने बिश्वास दिलाउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष कान्छी लामा जेष्ठ नागरिकको सफल मोतियाविन्दुको उपचार भएको बताउँदै गाउँपालिका नागरिकको सेवामा तयार रहेको बताउनुभयो ।

गाउँपालिकाका पुर्व अध्यक्ष श्रवण कुमार जिसिले स्टेचरमा बिरामी बोकेर सुकुटे लैजाँदा धेरै असहज भएको बिगत सम्झँदै अहिले यहि सेवा सुविधा पाइएको र अस्पताल निर्माणका लागी आफ्नो पनि भुमिका रहेको बताउनुभयो ।
१० सैयाको उक्त अस्पतालबाट २ जना एमडी डक्टर सहितको जनशक्तिले एक्सरे, ल्याव, डेन्डल सेवा, आँखा जाँच सेवा लगायतको सेवा उपलब्ध गराइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्