२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकका अबैधानिक नीजि फोर्मेर्सीको ब्रम्हलुट , नागरीकको स्वास्थ्यमाथी खेलवाड

दिपक खत्री ÷असार २३ — मानिसको सबैभन्दा ठुलो सम्पती स्वास्थ्य हो । रोग निको पार्न अस्पताल ,स्वास्थ्य चौक सँगै अहिले सामान्य विरामी परे नीजि मेडिकल,फार्मेसीमा मानिस पुग्ने गर्छन् । तर विडम्बना रोगको निदान हुनुपर्ने यस्ता नीजि मेडिकल,फार्मेसीले नागरिकको स्वास्थ्य माथी गम्भीर खेलवाड गरिरहेका छन् ।
पटक पटकको अनुगमनको क्रममा सिन्धुपाल्चोकका कुनै पनि नीजि मेडिकल तथा फार्मेसी कानुन बमोजिक देखिदैन । सिन्धुपाल्चोकमा संचालीत द्येरै नीजि फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमिले संचालन गरेका छन् । सिन्धुपाल्चोकमा दर्ता अनुमति बिना र मान्यताप्राप्त स्वास्थ्यकर्मी नराखी औषधि बेचविखन गरि संचालन हुदै आएको पाईएको छ । मेलम्ची, चौतारा ,खाडीचौर ,बाह्रविसे जस्ता मुख्य बजार क्षेत्रमा दर्ता नगरी र अर्काको लाइसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन हुने गरेको छ । नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरू र लाइसेन्स भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रशासनले कारबाही गर्न नसकेको नागरिकको गुनासोस्थानिय रीता सापकोटाको छ ।
फार्मेसी व्यवसाय गर्नका लागि कुनै पनि व्यक्ति परिषदले लिने लाइसेन्स परीक्षामा उत्तीर्ण हुनैपर्छ । बिना लाइसेन्स बिक्री गरे त्यसलाई ‘औषधि ऐन २०३५’ र ‘नेपाल फार्मेसी परिषद ऐन २०५७’ ले गैरकानुनी ठहर गर्दछ । तर सिन्धुपाल्चोकमा द्येरै फार्मेसीमा लाइसेन्स प्राप्त ब्यक्ति नबसी आफन्त बस्ने गरेका भेटिन्छन्् । उनीहरु आफै डाक्टर झै खुलेआम औषधी बिक्रीवितरण गर्छन् । चिकित्सकको सिफारिस बिना औषधि बेचबिखन भईरहेकोसेवाग्राही हरी प्रसाद तिमल्सिना बताउनुहुन्छ ।
ऋनुगमन गर्दा द्येरै स्थानमा औषधी ब्यवस्था विभागले दिने लाइसेन्स हुदैन । दर्ता विना फार्मेसि संचालनमा छन् । स्वास्थ्य सचेतना नपुगेका नागरिक जथाभावि औषधी प्रयोग गरिरहेका छन् । जथाभावि औषधी प्रयोगले दिर्घकालिमा स्वास्थ्यमा पार्ने प्रभावबारे द्येरै नागरिक अन्जान छन् । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको यो विषयमा स्वास्थ्य शिक्षा दिनु त परको कुरा, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक सँग कति नीजि फार्मेसी र मेडिकल संचालन छन् भन्ने तथ्याङ्क समेत छैन । स्थानिय तहका स्वास्थ्य शाखाले यसको बोधार्थ राखेर स्वास्थ्य कार्याललाई तथ्याङ्क दिएका छैनन् भने कार्यालयले पनि खोजि गरेको छैन । स्वास्थ्य कार्यालय,सिन्धुपाल्चोकका सुचना अधिकारी सेवक नेपाल अबैधानिक मेडिकललाई आफुहरुले सचेत बनाउने काम गरेको बताउनुहुन्छ ।
सस्तो लोकप्रियताका लागि बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । कर्मचारी सरुवा र फेरबदलको कारण वर्षौदेखि व्यवसायीले अनुगमन टोलीको आँखामा छारो हाल्ने काम गरिरहेका छन् । मापदण्ड पुरा नगर्ने र अबैधानिक फार्मेसीले अनुगमन टोली पुगेको सुचना पाउनासाथ सटर लगाएर भाग्ने गरेका छन् । अबैधानिक गतिविधिलाई देख्दा पनि प्रशासन आकस्मिक छड्के गर्ने र कारवाही गर्ने कुरामा चुकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ अनुगमनको रेकर्ड राख्ने कुराको सुरुवात भएको बताउनुहुन्छ ।
अनुगमनले अहिले देखिएको समस्या समाधान गर्दै नयाँ ढंगबाट बजारलाई चुस्त राख्नुपर्नेमा सुधार र कार्यान्वय नहुदा बजेट सकाउनका लागी मात्र अनुगमन भएको देखिन्छ । अर्कोतिर कार्वाही प्रक्रियानै नहुदा बजार क्षेत्रमा ग्रैह कानुनी रुपमा संचालनमा ल्याएका नीजि फार्मेसी र मेडिकलले नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्