२०८१ श्रावण १२
                           

लामोसाँघु युवा क्लबको आयोजनामा अन्तर पालिकास्तरिय भलिबल प्रतियोगिता सुरु

“ खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने नाराका साथ बुद्धजयन्तिको अवसरमा आयोजित अन्तर पालिकास्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । लामोसाँघु युवा क्लबको आयोजनामा सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका पुर्व मन्त्री अरुण नेपालले लामोसाँघुको भबिष्यको बारेमा चिन्ता  रहेको बताउनुभयो । लामोसाँघुको शैक्षिक तथा खेलकुदसँगै अन्य विकासका लागि आफुहरुले निरन्तर पहल गरिरहेको बताउँदै लामोसाँघुमा विकासले गति लिइरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बलेफी गाउँ कमिटिका अध्यक्ष नारायणकाजी श्रेष्ठ सुनकोशी गाउँ पालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिना लगाएतले सुभकामना मन्तव्य राख्नु भएको थियो । साथै उद्घाटन खेलमा मेलम्ची नगरपालिका क र बलेफी गाउँपलिका क बिचको खेलमा मेलम्ची नगरपालिकाले २५– १९ र २५ –१९ मा जित निकाल्दै मेलम्चीले खेल आफ्नो पोल्टामा पारेको जिल्ला भलिबल संघका उपाध्यक्ष एवम मेलम्ची नगरपालिका क टिम का प्रशिक्षक रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।खेलमा म्यान अफ दि म्याच मेलम्चीका रोशन तामाङ घोषित भए ।

आजै हेलम्बु गाउँपालिका र सुनकोशी गाउँपालिका , जुगल गाउँपालिका र इन्द्रावती गाउँपालिका, सुनकोशी गाउँपालिका र मेलम्ची नगर पालिका ख र अन्तिम खेल बलेफी ख र चौतारा साँगाचोकगढी नगरपालिका बिच प्रतिस्पर्धा हुने सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम क्लबका अध्यक्ष चरी बहादुर तामाङको अध्यक्षतामा भएको थियो भने लोक तथा दोहोरी गायक सुर्यमणि आचार्य लगाएत स्थानिय कलाकार हरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।   २४ गतेसम्म हुने खेलमा जिल्लाका ९ टिम सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्