२०८१ श्रावण १२
                           

मानसिक समस्या समाधान गर्न सकारात्मक मनोविज्ञान र भावना जागृत गर्नुपर्छ :सांसद सापकोटा

१३ वैशाख, काठमाडौं । सांसद माधव सापकोटा ‘सुबोध’ले भूकम्प र कोभिडका कारण अर्थतन्त्र थलापर्दा समाजमा मानसिक समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा सम्बोधन गर्दै सांसद सापकोटाले समाजमा व्याप्त मानसिक समस्या समाधान गर्न सकारात्मक मनोविज्ञान र भावना जागृत गर्दै काउन्सिलिङ चलाउन जरुरी रहेको बताए ।

उनले भने ‘हामी प्राय घटना घटेपछि मात्रै प्रतिक्रिया जनाउँछौ । संसदमा पनि मिडिया ले कभरेज गरेपछि त्यसको कटिङ ल्याएर अध्ययन गर्ने गरेका छौं । भुकम्प र कोभिडले अर्थतन्त्र नरामोसँग थलिएको छ । अर्थतन्त्र को प्रभावले समाजमा मानिसहरुलाई फ्रस्टेसन र डिप्रेसनको स्थितिमा पुयाएको छ, फ्रस्टेसन र डिप्रेसनकै कारण मानिसहरुलाई कुलतमा समेत पुयाएको छ।

मनोविदहरुका अनुसार लागुऔषध मात्रै कुलत होइन । लामो समय सामाजिक सञ्जालमा बरालिनु, बच्चाहरुले लामो समय गेम खेल्नु पनि कुलत हो भन्ने गर्दछन्। सर्वेक्षण अनुसार अधिकांश युवायुवतीहरुमा फ्रस्टेसन र डिप्रेसनको कुलत छ यतिवेला । त्यसैले सकिन्छ, गर्नुपर्दछ भन्ने एउटा सकारात्मक मनोविज्ञान र भावना जागृत गर्दै काउन्सिलिङ चलाउन जरुरी छ भन्दै सभामुख मार्फत म नेपाल सरकार को गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्