२०८१ श्रावण १२
                           

एस.ई.ईमा ३.६ माथिको जिपिए ल्याए पन्ध्र हजार पाउने

सिन्धुपाल्चोक ,२४चैत

सुनकोसी गाउँपालिका वडा न ३ ले एस.इ.इ परीक्षामा सहभागि आफ्ना वडाभित्रका विद्यार्थीहरुलाई पन्ध्र हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

चालु एसइइ परीक्षामा उतीर्ण गरि औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो ।

वडाभित्र महेन्द्र कान्ति माध्यमिक विद्यालय र जनजागृति मावि गरि दूई विद्यालयका विद्यार्थीहरु यसपटकको एसइइ परीक्षामा सहभागी छन् । परीक्षार्थीहरुलाई प्रोत्सहनस्वरुप यस्तो घोषणा गरेको वडा अध्यक्ष इश्वर तामाङले जानकारी दिनु भयो ।
परीक्षाको नतिजा आगामी असारभित्र हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्