२०८१ श्रावण १२
                           

विपदग्रस्त सम्भावित जिल्लाहरुमा विपदकोष खडा गर्नुपर्छ : प्रदेश सांसद पौडेल

बाग्मती प्रदेशसभाको १६ औं बैठकमा सम्बोधन गर्नु हुदैं प्रदेश सांसद सरल सहयात्री पौडेल

सिन्धुपाल्चोक ,१२ वैशाख

सभामुख महोदय ,

सिन्धुपाल्चोक जिल्ला विपद् को विपदग्रस्त क्षेत्र हो , यो लगायत हिमाली जिल्लाहरु अब वर्षात सुरु हुने बित्तिकै निकै संकट्ग्रस्त अवस्थामा पर्न भएको कारणले म माननिय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि हरेक विपदग्रस्त सम्भावित जिल्लाहरुमा एउटा विपदकोष खडा गरेर इमर्जेन्सि फन्ड कृयेट गरियोस र त्यहाँको जनताहरुको सुरक्षा को प्रत्यारुप गर्न वातावरण बनाउनको निमित्त म अनुरोध गर्न चाहन्छु ।

अहिले हामि बाली लगाउने अवस्थामा छौ र किसानहरु मलको हाहाकारमा अगाडि बडिरहेका छ्न तत्कालका निमित्त प्रदेश सरकारले मलको सहज उपलब्धता गराओस र आगामि दिनमा दिर्घकालिन हिसाबले युरिया मल जस्तो रसायनिक मलहरुको प्रयोग गर्ने नमिल्ने र खास खास क्षेत्रहरुलाइ अर्गानिक र प्राकृतिक कृषि प्रणालीमा लैजान निमित्त विशेष व्यवस्था गरोस भन्ने कुराको अनुरोध गर्न चाहन्छु । अहिले राष्ट्रको सङ्कट आर्थिक मन्दितिर गैराखेको छ ।

मेरो अनुरोध छ कम्तिमा बागमति प्रदेश को सरकारले दाल भात तरकारिमा कम्तिमा हामि आत्मनिर्भर हुन सक्छौ भन्ने सुनिश्चितता गर्न कार्ययोजना प्रस्तुत गरोस र हाम्रो कार्यकालमा बागमति प्रदेश सरकार दाल भात तरकारि आफ्नै प्रदेशबाट खान सक्छ भन्ने कुराको हिम्मत राख्ने गरि काम गरोस । अर्को रोजगार हामिले रोजगारको कारण विदेशीने युवाहरुको जरजर कारणले गर्दा आज हामि धेरै संकटमा छौ , मेरो अनुरोध छ सबै गाउमा भएका रैथाने रोजगारलाई व्यवस्थापन गर्ने परिचालन गर्ने र त्यसलाई निरन्तर ढगले जनतालाई रैथाने रोजगारमा पनि सरकारको सुरक्षा हुन्छ सामाजिक सुरक्षामा समावेश गर्न सकिन्छ भन्ने प्रत्यारुप गर्न निमित एउटा प्रदेश स्तरको श्रम बैक निर्माण गरेर स्थानिय तह सम्म त्यसलाई विन्यास गरियोस र रोजगारको व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको म अनुरोध गर्न चाहन्छु ।

सरकारि शिक्षाको स्तर सार्वजनिक लेखा समितिको प्रतिवेदन लाई हेर्न पाँच वर्षमा एक देखि आठ कक्षा मा पढ्ने २० प्रतिशत विद्यार्थी घटेका छन र निजी पढ्ने विधालयमा ४७ प्रतिशत बढेको छन। यो बाग्मति प्रदेश सरकारको ध्यानाकर्षण होस र विशेष गरि शिक्षा मार्फत समग्र समाजको परिवतन गर्ने निमित्त सरकारले विशेष योजना अगाडि बढाओस । धन्यवाद।

प्रतिक्रिया दिनुहोस्