२०८१ श्रावण १२
                           

कार्तिक १८ गतेबाट मतदाता शिक्षा कार्यक्रम सन्चालन हुने

कार्तिक १४ – चौतारा । सिन्धुपाल्चोक जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाईने भएको छ ।
मतदाता शिक्षा कार्यक्रम जिल्ला समितिको आज बसेको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभरी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार कार्यक्रम कार्तिक  १८ गतेबाट मंसिर १ गतेसम्म जिल्लाका १०३ वटा नै वडामा सन्चालन हुने छ । मतदाता शिक्षा प्रदान गर्न सो सम्बन्धी तालिम प्राप्त स्थानीय महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि खटाइएका स्वयंसेविकाले उदेश्य अनुरुप कार्य गरे कि गरेनन् भनेर स्थानीय तहमा तोकिएको अनुगमन अधिकृतले नियमित अनुगमन गर्ने पनि अधिकारी रिजालले जानकारी दिनुभयो  ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय तह, सरकारी कार्यालय, सञ्चारकर्मी, गैसस, नागरिक समाजसँग पनि समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्