२०८१ श्रावण १२
                           

कार्कीको भर्ना सम्बन्धि गित सार्वजनिक

सिन्धुपाल्चोक ,३वैशाख
सिन्धुपाल्चोकका साहित्यकार, गायक अनि शिक्षक दिल कार्कीले भर्ना अभियान गीत सार्वजनिक गरेका छन् ।
भर्ना अभियान २०८० साललाई लक्षित गर्दै सार्वजिक भएको उक्त गीतले विद्यालय उमेर पुगेका सबै प्रकारका बालबालिकाहरुलाई विद्यालयमा पहुँच बढाउन आग्रह गरेका छन् ।
बैशाख ३ गतेबाट देशभरि नै भर्ना अभियान सञ्चालन समेत भईसकेकाे छ । अाईतबारबाट भर्ना अभियान सञ्चालनसँगै हरेक विद्यालय प्रशासन यतिखेर घरदैलो लगायत विभिन्न कार्यक्रमसहित गाउँवस्तीमा केन्द्रीत छन् । सार्वजनिक भएको यो गीतलाई विद्यालयले सँगसँगै प्रचारप्रसार गर्न सकियो भने भर्ना अभियान थप प्रभावकारी हुने यस गीतका रचनाकार एवम् गायक दिल कार्कीकोले बताउनुभयो ।

गीतमा दिल कार्की, प्रेम ढुँगाना र सृजना श्रेष्ठले स्वर दिएका छन् भने आयुष्मा कार्की, सन्तोष ढुंगाना प्रमिला तामाङ, दीपक राई र बालकलाकार कृषा कार्की, प्रसान्न ढुंगानाको बेजोड प्रतिभा पनि यस गीतको भिडियोमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्