२०८१ श्रावण १२
                           

नेकपा (एमाले) इन्द्रावती गाउँपालिका कमिटीद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान

सिन्धुपाल्चोक – नेकपा (एमाले) इन्द्रावती गाउँपालिका कमिटीले नयाँ वर्ष २०८० काे सन्दर्भमा शुभकामना आदानप्रदान गरेकोे छ।शनिबार समाजमा बिशिस्ट याेगदान गरेका व्यक्तिहरुकाे सम्मान तथा समृद्ध इन्द्रावती र नागरिकको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा देश र समाजका लागि विभिन्न बिधामा याेगदान गरेवापत प्राध्यापक कपिल श्रेष्ठ, साहित्यकार जगन्नाथ आचार्य, वास्तुशास्त्री डा. उत्तम उपाध्याय न्याैपाने, पाँचपाेखरी क्याम्पसका क्याम्पस प्रमुख डा. नवराज न्याैपाने, बुद्ध धर्मका गुरु कर्मा छिरिङ तथा सामाजिक व्यक्तित्वहरु गाेबिन्द मिश्र, रामबहादुर सुनार, सुब्बा माझी, सञ्चमाया तामाङ, नमुना तामाङ, सन्तबहादुर दनुवार लगायतका व्यक्तिहरुलाई सम्मानित गरिएको थियोे ।

इन्द्रावती गाउँपालिकाकाे सभाहलमा सम्पन्न साे कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्