२०८१ श्रावण १२
                           

बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस

सिन्धुपाल्चोक, २४चैत

हिमपात भएपछि सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यो वर्षकै पहिलोपटक हिमपात भएपछि हिमाल क्षेत्रका होटल र होमस्टे भरिभराउm हुन थालेका हुन् ।

हिउँ परेपछि सिन्धुपाल्चोकको हेलम्बु, दुगुनागढी, लिसंखुपाखार र पाँचपोखरी जस्ता पर्यटकीय क्षेत्र पुग्ने पर्यटकको संख्या बढ्न थालेकाे छ । बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस हुने गरेको छ । उनीहरु हिउँसँग रमाएका छन् भने गुराँसको सौन्दर्यसँग थप उत्साहित भएका छन् ।

लामो समयपछि हिउँ परेपनि हिमालीक्षेत्रमा हिउँसंग पर्यटक रमाइरहेको पर्यटक आइती तामाङले बताइन् । हिउँ परेसँगै हेलम्बु आइपुगेकी तामाङले हिउँ नपरेर काला पत्थर बनेका हिमालहरुमा हिउँ परेसँगै सेताम्मे खुलेका हिमालले आफ्नो रंग फेर्दा प्राकृतिक सुन्दरताको छनकमा हेलम्बु अझ सुन्दर देखिएको अनुभव सुनाइन् ।

हिमालीबस्ती र हिँउ टल्केको हिमालको प्राकृतिक सुन्दरताको मनमोहक दृश्यले पर्यटक खुशी भएका छन् । स्थानीय खाना, पैदलमार्ग र हिउँ खेल्दै हिमालको दृश्यले जो कोही पनि दंग हुनेगरेको पर्यटक पूर्णबहादुर तामाङ सुनाउँछन् । जति माथिको भेगमा पुग्यौ त्यतिनै हिउँ बक्लो देखिन्छ भने आमायाङ्ीमा पर्यटकको लस्कर लागेको छ ।

ढिलै भएपनि हिउँ परेसँगै पर्यटकीय क्षेत्रको होटल होमस्टेमा पनि पर्यकहरुको आवागमन बढेको छ । मसिंरमा लाग्नुपर्ने हिउँ चैतको अन्तिममा परेपनि बिभिन्न ठाउँहरुको दृश्यावलोकन गर्न पर्यटकहरु ओइरो लागेको होटल र होमस्टे व्यवसायी वाङदोर्जे लामाले बताए । पहिलाको तुलनामा निक्के कम र ढिलो हिउँ परेपनि पर्यटकले हेलम्बुको तार्केघ्याङ क्षेत्रको होटल र होमस्टे भरिभराउ बनेको उनको भनाई छ । हिउँ नपरेपनि आमायाङ्ी पुग्ने पर्यटकको सख्या अघिल्लो वर्षाको तुलानामा वृद्धि भएको उनले सुनाए ।

हिउँ नपर्दा लामो समयदेखि हिमालहरु काला पत्थरमा परिणत हुनका साथै सुनसान बनेको यहाँका होटल व्यवासाय र हिमाली क्षेत्रमा पछिल्लो समय चहलपहल निक्कै बढेको हेलम्बु गाँउपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्