२०८१ श्रावण १२
                           

पाँचपोखरीको मानेखर्कमा कृषि संकलन उपज केन्द्रको भयो शिलन्यास

सिन्धुपालचोक २४ चैत

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४, मानेखर्कमा कृषि संकलन उपज केन्द्रको शिलन्यास गरिएको छ । कोइका ERCN परियोजना र गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको भवनको गाउँपालिका अध्यक्ष टासी लामाले शिलन्यास गर्नुभएको हो ।
भवन निर्माण २०८० असार ५ गते सम्पन्न गर्ने गरी सङ्ग्दोर्जे निर्माण सेवाले काम सम्झौता अनुसार अगाडी बढाएको छ ।

कृषि उपज केन्द्र निर्माण पश्चात यस क्षेत्रमा उत्पादन वृद्धि गर्ने र अर्गानिक तरकारी काठमाडौं र मेलम्चीको बजारमा तरकारी संकलन केन्द्रबाट ग्रेडिङ र प्याकेजिङ्ग गरी व्यवस्थापन गर्ने योजना रहेको ERCN परियोजनाको प्रोजेक्ट फिल्ड संयोजक कुमार भट्टराईले बताउनुभयो ।

तरकारी संकलन केन्द्र कुल १ करोड १६ लाख लागतमा निर्माण हुन लागेको हो । निर्माण पश्चात कृषि उपज केन्द्र ढुवानीको लागि १ सवारी साधन पनि कोइका ERCN परियोजनाबाट उपलब्ध गराउने परियोजना संयोजक भटट्राईले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष टासी लामाले यस कृषि उपज केन्द्रको व्यवस्थापनको लागि नीतिगत रूपमा निर्णय गरेर व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै किसिमको कमी हुन नदिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्