२०८१ आश्विन २६
                           

बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया

२ आश्विन ,सिन्धुपाल्चोक । बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले जस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले बिरामी सुरक्षा दिवस मनाएको छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही वर्षको सेप्टेम्बर १७ तारिखदेखि विश्व बिरामी दिवस मनाउन थालिएको हो ।

निदानमा सुधार, बिरामी सुरक्षाको आधार भन्ने मुल नाराका साथ मंगरबार विश्व विरामी सुरक्षा दिवसको अवसरमा जस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । सो अन्तरक्रियामा स्वास्थ्यकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

दिवसको अवसरमा विरामी सुरक्षाबारे छलफल गरिएको थियो । ढिलो, गलत र अपूरो निदानले स्वास्थ्यमा जोखिम बढाउँछ तर रोगका लक्षण र समस्याबारे स्वास्थ्यकर्मीलाई बताउने, पर्खिनुपर्ने समयबारे सोधीखोजी गर्ने, स्वास्थ्यकर्मीबाट आवश्यक सल्लाह लिने तथा परीक्षणको नतिजा आएपछि पुनः स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा कार्यलयका नर्सिङ अधिकृतले जोड दिएकी थिइन ।

यसै सन्दर्भमा बोल्दै चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रुद्रमणी भण्डारीले विरामी आफै  जिम्मेवारी हुनुपर्ने र विरामीले चिकित्सकको सल्लाह ,अनुमति बिना औषधि किनेर प्रयोग गर्दा  स्वास्थ्यमा असर पर्नसक्ने वा ज्यानै जाने जोखिम हुने बताए । डाक्टर भण्डारीले प्रादेशिक अस्पताल चौतारा अस्पतालमा विरामीको सुरक्षामा सक्ने ध्यान दिएर काम गरिरहेको बताए ।

जनस्वास्थ्य अधिकृत दुर्गा बजगाँईले निदानमा सुधार ल्याउन स्वास्थ्य सँस्था र अस्पतालमा खटिएका स्वास्थ्यकर्मी संगै स्वयम बिरामी र समुदायनै जिम्मेवार भई सचेत हुनुपर्ने बताइन् ।  यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत हुने बजगाँईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्