२०८० चैत्र १५

गायक आस्मान लोप्चनको “सांगीतिक यात्रा” विषेश कुराकानी

चौतारा ,२४ फागुुन
सम्झना कार्की – सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका ३ भुवागाउँमा जन्मनु भएका चर्चित संगितकार एवं गाएक आस्मान लोप्चन बिगत १० बर्षदेखि नेपाली संगित क्षेत्रमा तनमनले निरन्तर लागि रहनु भएको छ । उहाँको गीत संगीतसँगको सम्बन्ध धेरै पहिले देखि नै थियो । बाल्यकालमा पनि नाच्ने गाउने गर्नुहुन्थ्यो ।

उहाँले २०७० सालदेखि गीत रेकर्ड गर्नुभयो । त्यसपछी गित रेकर्ड हुदै गए बजारमा आउँन थाले  । उहाँले गाउँनु भएका  गीतले धेरै सफलता पाउँन थाले  । सोहि गीतहरुले कलाकारको रुपमा चिनायो । उहाँलाई यिनै गीतहरुले झनै हौसाला मिल्दै गएको छ ।

नेपाली गित संगितलाई माया गर्नुहुने लोप्चन र उहाँको सांङ्गेतिक जीवन यात्रा र अनुभवहरुको बिषयमा तयार पारेको कुराकानि ।

१ आरामै हुनुहुन्छ ,कता व्यस्त हिजो आज ?
हजुर ठिक छु ,हिजोआज कार्यक्रम तिरै व्यस्त छु । भरखरै मात्र भोटेकोशी मान्द्राको कार्यक्रममा आफ्नो प्रस्तुतिका लागी वा पुगेको थिए एकदमै रमाईलो भयो र यस्तै साङगितिक कार्यक्रम तिरै व्यस्त छु ।
२ पछिल्लो समयमा यहाँले गाउँनु भएको कुन गित सार्वजनीक हुदै छ ?
                        चट्टा छरबा अहास्याङला
                                          जामे नाम्सा क्युङग्री जेबाजा
                                                  जामे खाल्दा निबारी निबारी जोद्दा निवारी
नेपालीमा (चट्टा हुर्केकि सोल्टीनी गाउँघरकै सबैभन्दा राम्री तिमि कल्लाई जाने हो दाईलाई जाने कि भाईलाई जाने हो भन्देउ कान्छी )
यो गित छ जसमा स्वर मेरो र रोस्ना लुङबाको रहेको छ शब्द चाहि कुमार स्याङबा र सङगीत विसाल काल्तानको रहेको छ ।

३ यहाँ विषेशत कस्तो प्रकारको गित गाउन रुचाउनु हुन्छ ?

म प्राय तामाङ सेलो गितहरु गाउँन मन पराउछु बिषेशत मेरो स्वरको प्रकूति यस्तै गितमा सुट गर्ने खालको छ र मलाई मलाई यस्तै गितमा साथ दिएको पनि छ । साथै आफ्नो मौलिकता झल्काउँनको लागी पनि महिले सेलो गितमा फोकस गरेको हु । मौलिकता झल्काउँने गितहरु गाउँन मन राउँछु र महिले गाएका गितहरुनि यस्तै नै छन् ।

४ तपाईले विशेष तामाङ सेलो गितहरु मात्रै गाउँनुभएको छ नेपाली गित गाउँने रुचि छैन् ?

रुचि नभएको होईन , म नेपाली हु ,नेपालीमा पनि तामाङ भएर जन्मिएको छु ,मेरो पेरीफेरीमा तामाङ रह्यो र सबै भन्दा पहिला सुनेको सङगीत भनेको सेलो नै थियो । त्यसैले मेरो मनमा परेको सेलो भएको हुनाले सेलो गाएको हु । एउटा दोहोरी गित पनि गाएको छु । जुन प्राण भन्दा पनि प्यारो छ हाम्रो रोधि घर पहिलो भेटमै के दिउ खै ज्यानलाई उपहार भन्ने गित रहेको छ । अब छिटै एउटा झ्याउरे सालाईजो भाका पनि ल्याउदै छु ।

५ पहिलो रेकर्ड गित कुन हो ?

२०७० सालमा रेकर्ड गरीएको आस्याङकी छोरी क्या राम्री, हेर्दामा पुर्णे कि जुन जस्ति छौ त भने दाग लाग्ला देख्दामा असली सुन जस्ती

६ अहिले सम्म कति गित रेकर्ड गर्नुभयो ?कति साल देखि सुरु गर्नुभएको हो ?

दुई दर्जनको नजिक पुगेको छु । महिले २०७० साल देखि औपचारिक रेकर्ड गरेको हु । महिले गाएका गितमध्ये
                         मकै त भुट्यो फुल उठ्यो
                                                     बल्ल पो तामाङको हुल उठ्यो  । 

यो गितलाई धेरैले मन पराउँनु भएको छ । 2,859,070 भ्युज गएको छ यो गित ।

७ तपाई विगतमा सञ्चार क्षेत्र,रेडियो सिन्धुमा आवद्ध हुनुहुन्थ्यो, किन यो पेसा छोडेर साङगितिक क्षेत्रमा जानुभयो ?

लोपका कारण पनि साङगितिक क्षेत्रमा लागे लोप भन्नाले पैसाको होईन मेरा दर्शक र श्रोताहरुको बढी माया लाग्यो । विगतमा ५ वर्ष रेडियो सिन्धुमा काम गरे , मेरो स्वर गाएक हुने लाएकको थियो र साङगीतिक क्षेत्रमा लागेपछि मलाई माया गर्ने श्रोताहरुको बढी माया पाउँछु भनेर यस क्षेत्रमा केन्द्रीत भए र अहिले जती श्रोताबाट माया ,साथ ,हौसला पाएको छु ,रेडियोमा बसिरहेको भए यति धेरै श्रोता मेरो साथमा कमै हुनुहुन्थ्यो होला । रेडियोको अनुभवले पनि यो ठाउँमा पुर्यायो मलाई । यहि साङगीतिकले दुईचारवटा देशको पनि अनुभव बटुल्न पाए । म सञ्चारकर्मीहुदा पनि प्राउडफिल हुन्छु ।

८ विगतलाई सम्झीम है थोरै ?

पहिला बिधार्थी नै थिए । विधालयमा भएका बिभिन्न कार्यक्रममा नाच्ने गर्दथे । सानामा नाच्न रहर लाग्थ्यो । अरु विधालयका कार्यक्रममा पनि नाच्न जाने गर्दथे । एसएलसी दिएपछि रेडियोमा सिक्नको लागी जाने थाले । रेडिायोमा काम गर्न थाले पछि बोल्ने क्षमता ,आत्मबल बढ्यो रेडियो सिन्धुले मलाई साथ दियो । बच्चादेखिनै नाच गान भनेपछि असाध्धै मन पर्थ्यो त्यसैले पनि सङगीतमा लगाब बढ्यो ।

९ यहालाई मन परेको गित र गायकको नाम लिनु पर्दा कस्को लिन रुचाउनु हुन्छ ?

जतिपनि अ्रगणि आदरणिय दाजुहरु हुनुहुन्छ मलाई उहाँहरुको गित मन पर्छ तरपनि मलाई आफ्नो परीवार भित्रै सम्झीन चाहन्छु जो वरिष्ट सर्जक हुनुहुन्छ उहाले काराणले पनि मलाई सङगीतमा झुकाब बढेको हो यतिबेला म उहाँलाई सम्झीन चाहन्छु प्रेम लोप्चन अंकललाई ।

१० गित संगित लाई के कुराले राम्रो र नराम्रो बनाउन सक्छ ?

गित यस्तोहोस जसलाई सुनेर क्षोताले आन्दन्द लिउन एउटा सबैलाई मनोरञ्जन जुन गितले दिन्छ सबैको भावनालाई समेटदछ मन छुन्छ त्यहिनै रामो गित बन्दछ र सोहि कुरालेनै गित संगित लाई के कुराले राम्रो र नराम्रो बनाउन सक्दछ ।

११ यहाँको जीवन गित विना कस्तोहोला कल्पना गर्नसक्नु हुन्छ ?

पछिको कुरात भन्न सकिदैन तर अहिले सम्म मैले गित बिनाको जीन्दगि सोचेकोनि छैन र सोच्दिदनि होला सायद ।

१२ नयाँ युवा पुस्ताले कस्तो प्रकारको गित गाउनमा ध्यान दिनुपर्ला ?

सबैभन्दा पहिले स्वर कस्तो छ त्यसमा विचार पुयाई महशुस गरेर गिर्नुपछ त्यसपछि संगित सिक्नु अत्यन्तै आवश्यक छ र साथै सिकेपछि टिक्न जरुरि रहन्छ त्यसकारण हरेक कुरा मा ध्यान दियर मेहनति भएर मात्रै यो फिल्डमा आउदा राम्रो हुन्छ ।

१३ कलाकारिताको क्षेत्रलाई अगाडि बढाउन एउटा गाएकको भुमिका के के हुनसक्छ यहाँको विचारमा ?

राम्रो गित छनौट सब्द संगित र स्तरियता छान्न सक्नुपर्छ संस्कूतिलाई जोगाउनु पर्छ नेपाली माटो झल्कने गित गाउनु पर्छ यहिनै एउटा गाएकको भुमिका हुनसक्छ मेरो विचारमा ।

१४ यहाँको गाएन क्षमताले देशविदेशमा कतिको छाप पारेको छ त ? कार्यक्रमहरुमा कतिको सहभागिता जनाउनु हुन्छ ?

म धेरै कार्यक्रमहरुमा सहभागिता जनाएको छु , यो वर्ष देशविदेशमा जाने मौका नि साङगीतिक क्षेत्रले जुराई दियो । म केहि समय अघि ३÷४ वटा ल्होछारको कार्यक्रममा युके बेलाएत लगाएतका देशमा सहभागिता भए । बेलायत स्थित नेपाली राजदुतावास माहामहिम श्री ज्ञान चन्द्र आचार्य ज्यु बाट सम्मान पत्र ग्रहण समेत गरियो यो सम्मान गर्नु भएकोमा Tamang Society Of UK लाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु । आशा छ म अझै धेरै देशविदेशका कार्यक्रममा सहभागिता जनाउँनेछु ।

१५ अहिले नेपाली बजारमा गाएक बन्नेहरुको निकै होडबाजि छ यो अबस्थामा आफुलाई स्थापित गर्न कतिको चुनौतिहरुको सामना गरिरहनु भएको छ यहाँले ?

जहा कम्पिटिसन हुन्छ त्यहा झन बढि छानेर लिन पाउदा श्रोताले चाहेको गित सुन्न पाउँदछन मेरो विचारम कम्पिटिसन हुनु रामो हो तर कम्पिटिसन नाममा अस्वस्थता हुनु सहि होईन अव सामना त गर्नैेपर्छ नि ।

१६ नेपालमा कलाकारिताका अझै भनौ गायन क्षेत्रमा खासै भविष्य छैन भन्छन र यसलाई कसरी विश्लेषण गर्नुहुन्छ यहाँले ?

हो यो कुरा केहि हद साचो छ हरेकमा चलनु अनिवार्य छ जुन अन्य देशको तुलनामा नेपालमा धेरै गाह्रो पनि छ यहाँ गायक एउटाको कमाई एक्लैलाई पुगेनि परीवारलाई नपुन्ने स्थिति छ एसलाई सबैमिलेर लाग्ने र सरकारलेनि साथ दिने हो भने सायद यस्तो स्थिति हुदैन नै । सङगै मलाई के लाग्छ भने जुनसुकै पेशामा लागे नि आफुले मिहिनेत गनैपर्छ । सुख दुख भनेको हरेका पेशामा आवद्ध व्यतिmमा भईनै हाल्छ । मिहिनेत र हरेक कुरामा सामाना गर्न सक्नुपर्छ । प्रयास मिहिनेत गर्नु पर्छ मिहिनेतको फल मिठो हुन्छ । यो पेशामा नि भविष्य छ भन्छु ।

१७ सरसर्ति भन्नुपर्दा यहाँले नेपाली गायनको महत्व चुनौति र सम्भावनाहरु के के देख्नुहुन्छ ?

महत्व धेरै छ म जुन ठाउँमा जान्छु त्यहाँ श्रोतामा एक किसिमको खुसिको भाव झल्कन्छ फलानो गाएक संगितकार भनेर भन्छन ,बिभिन्न कार्यक्रममा जान्छु उहाँ आस्मान हो भन्नु हुन्छ । खुसी लाग्छ । चुनौति बिनाको काम खासै राम्रो हुदैन र सामना गर्ने क्षमता हुनुपर्छ यो सम्पुर्णमा अनिवार्य छ ।

१८ अन्त्यमा मैले सोध्न छुटेका र यहाँको मनमा लागेका केहि भन्नुहुन्छ कि ?

अँ यहाँसम्म बोलाएर मेरा केहि शब्दहरु यहाको रेडियो ,अनलाईन,पत्रपत्रिका मार्फत राख्ने मौका दिनुभएकोमा यहाँ लगाएत रेडियो सिन्धु परिवार र जिल्लाकै पहिलो सर्वपक्ष पत्रिका परिवारलाई धेरैधेरै धन्यबाद ब्यतm गर्दछु । जादजादै छिटै नै सार्वजनिक हुने गाएक आस्मान लोप्चनको स्वरमा रहेको अर्को नयाँ गित आउँदै छ ।
उँकालीको ढल्के बर , पिपलुलाई भर
                                             उँकालीको ढल्के बर, पिपलुलाई भर
                                                   टाढा माया के बस्थ्यो र अलि ओर सरर
                                                               सो माया सो सित
                                                                          तिम्रो बईफ्रेन्ड छैन भने जाउँ न म सित !

सिन्धुपाल्चोकमा पछिल्ला दिनमा संगीत क्षेत्रमा निकै चर्चा कमाएका गायक आस्मान लोप्चन निकै प्रिय कलाकारहरुको नाममा पर्नु हुन्छ । उहाको सिर्जना निकै राम्रो हुन्छ भने सेलो संगीत बजारमा उहाको नामको निकै चर्चा पनि हुने गर्छ भने गायक आस्मान लोप्चनको आवाज तथा हरेक सिर्जनालाई नेपाली दर्शक तथा श्रोताहरुले निकै माया तथा मन पराइदिनु हुन्छ भने गायक लोप्चनले गाएका सेलो गीतले उहालाई किङ्गनै मानिन्छ ।

सेलो गीतको क्षेत्रमा परिचित नाम हो । सुरिलो स्वरका धनी लोप्चनले सेलो गीतको क्षेत्रमा महत्वपुर्ण योग्दान दिईरहनुभएको छ । गीत संगीतमार्फत कहिले माया पिरीम , पराम्परागत मौलिकताले भरीएका लगाएतका गीत लिएर दर्शक,स्रोतासमक्ष आईरहन्छन । उहाँले दर्शक, स्रोताको माया पनि निरन्तर पाइरहनुभएको छ । देश बिदेशमा हुने कार्यक्रममा सहभागि हुन थाल्नुभएको छ । नेपाल बाहिरका देशहरुमा आफ्नो आवाजको जादु चलाइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्