२०८१ श्रावण १२
                           

पूर्व मन्त्री सापकोटाद्वारा सुकुटे दुर्घटनाप्रति दुःख व्यक्त

चौतारा- पूर्व सञ्चार मन्त्री एवम् सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद् अग्नीप्रसाद सापकोटाले १८ जनाको ज्यान जाने गरी भएको सुकुटे बस दुर्घटनामा भएको मानवीय क्षतिले स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

सोमबार शोक वक्तव्य जारी गर्दै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका सापकोटाले दुःख व्यक्त गरेका हुन् । शोक बक्तव्यमार्फत सांसद सापकोटाले दुर्घटनामा परि मृत्यु भएका यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दुर्घटनापछिको उद्धारमा लागेका स्थानीयवासी, नागरिक समाज, निजामति कर्मचारी, प्रहरीलगायत सबैमा कृतज्ञता व्यक्त समेत गरेका छन् ।

‘यस हृदयबिदारक सवारी दुर्घटनामा परी दिबंगत हुने यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु’ सापकोटाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ– ‘दुर्घटनामा घाइतेहरुको औषधी उपचारको उचित ब्यबस्थापनका लागि सरकार समक्ष अनुरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

पछिल्लो समय सिन्धुपाल्चोकलगायत देशका विभिन्न भागमा भएका यस प्रकारका दुर्घटनाहरु न्यूनीकरण गर्नका लागि आवश्यक व्यवस्थाका लागि समेत सरकारका सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत सांसद् सापकोटाले गरेका छन् । ‘दुर्घटनापछिको उद्दार कार्यमा लाग्नु हुने स्थानीयबासी, नागरिक समाज, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सहयोगी सबैमा कृतज्ञता व्यक्त गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।

आइतबार दोलखाको मुगा देउरालीबाट काठमाण्डौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्