२०८१ मंसिर २३
                           

चौतारा साँगाचोकगढी–१२: एकैदिन ६५ विकास आयोजना शुभारम्भ

विदुर आचार्य, चौतारा – चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १२ ले एकैदिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमका वीच वडाले आठ करोड बढी लागत सहितको आयोजनाहरु सुरुवात गरेको हो ।


संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको विकास कार्यक्रमहरु एकसाथ सुरु भएको हो । एक करोड ८३ लाखको तीन वटा संघीय योजना, ४ करोड ८५ लाखको ९ वटा प्रदेश योजना, चौतारा साँगाचोकगढी नगरपालिको ६७ लाखबढीको १४ योजना र वडाको एक करोड वरावरको ३९ विकास आयोजनाको सुरुवात भएको हो ।
साँगाचोक भञ्याङ वरको रुख चौतारी तथा फल्चा निर्माण शिल्यान्यास गर्दै वडाभरबा सबै विकास आयोजना सुरुवात गरेको हो ।

बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतीक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले फल्चा सहितका विकास आयोजनाको शुभारम्भ गर्नुभयो ।

विकास आयोजनाहरुको शुभारम्भ गर्दै बागमती प्रदेशसभा सदस्य युवराज दुलालले आवश्यकतामा आधारित दिगो विकास अवको आवश्यकता रहेको बताउनुभयो । संघियता कार्यान्वयन पछि समग्र प्रदेशमा चौतारा साँगाचोकगढी नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो ।


‘ नगरका १४ वटै वडा कालोपत्रे सडक संजालमा जोडिएका छन्, सांस्कृतिक धरोहर, कृषि र सामाजिक विकासका काममा उल्लेख्य प्रगती भएको छ ।’ दुलालले भन्नुभयो । ग्रामीण क्षेत्रमा विकासको लहर नै चलेका छन् तर समग्र वस्तीहरु खाली हुँदै गएकोले आवश्यकतामा आधारित विकासमा केन्द्रीत हुन सबै पक्षमा उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको शुभारम्च सँगै उहाँले उक्त आयोजनाहरु नगरकै प्रमुख कार्यक्रम भएको बताउनुभयो ।

आयोजनाको शुभारम्भ गर्दै नगरपालिकाले सबै क्षेत्रमा आवश्कता अनुरुप दीगो विकासका योजनाहरुलाई प्राथमिकता दिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । विकासमा विवाद नगर्न अनुरोध गर्दै विकास आयोजना सम्पन्न गर्न हालमा हात मिलाउन अनुरोध गर्नुभयो ।


जनताका अनेकन अपेक्षा रहने र दर्जनौ विकास आयोजनाहरु पूरा गर्न थप वजेट र कार्यक्रम थप र ब्यवस्थित गर्न सोही वडाका अध्यक्ष दिपेनद्र प्रसाद नेपालले नगर र प्रदेश समक्ष आग्रह गर्नुभयो ।

वडाका सबै आयोजनाहरुको सुरुवात गरि विकासको लहर सुरुवातको सन्देश प्रवाह गरिएको उहाँले जानकारि दिनुभयो । ‘उपभोक्त समिति गठन देखि भूक्तानी सम्मको प्रक्रिया जानकारि दिने उदेश्यले पनि एकसाथ सबै आयोजनाको सुरुवात गरिएको हो’, वडा अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रभावकारी कार्यान्वयन, निष्पक्षता र पारदर्शी कार्य हाम्रो प्राथमिकता हो ।’ उहाँले स्थानीय सरकार गठनको दोस्रो कार्यकालको सुरु देखिका सबै प्रगती बारे प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्