२०८१ श्रावण १२
                           

मेलम्चीको पानी बाह्रै महिना काठमाण्डौमा लैजाने गरि फास्टट्रयाकमा काम हुनुपर्छ : मन्त्री खान

सिन्धुपाल्चोक ,२१ माघ

खानेपानी मन्त्री अब्दुल खानले बार्है महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी आबश्यक छलफल गरी फास्टट्रयाकमा काम अगाडी बढाउने योजना रहेको बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुग्नु भएका मन्त्री खानले आयोजना नियमित संचालनको लागि फास्टट्रयाकमा काम गरीने बताउनु भएको हो ।

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निार्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो । साथै मन्त्री खानले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखि गर्ने बताउनुभयो ।

आयोजना निरीक्षणका क्रममा मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलि लगायत मुहान स्थल पुग्नुभएको थियो ।

सरकारले कहाँ र कहिलेबाट मुहानस्थलका संरचना कसरी बनाउने भन्नेबारे अध्ययन र निर्णय गरेको छैन

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुग्दा यस्तो अवस्था आयो कि कसको पालामा काम सकेर काठमाडौंमा पानी खसाल्ने भन्ने होड नै चल्यो । त्यसैले उद्घाटन अगावै सत्ताबाट विदा हुुनुपर्ने डरका कारण काम पनि नसक्दै २२ फागुन, २०७७मा मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो ।तर, १ असार, २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेडवर्क्स लाई बाढीले तहसनहस पार्‍यो । तर, बाढी गएको करिब डेढ वर्षसम्म मुहानस्थललाई पुनर्स्थापना गर्न सरकारले काम अघि बढाएको छैन ।
काम अन्तिम चरणमा पुगेका बेलामै मेलम्ची नदीमा गएको बाढीले आयोजनाको बन्दै गरेका मुहानस्थलका पक्की र स्थायी संरचना क्षतिग्रस्त भयो ।

त्यसपछि अस्थायी संरचना बनाएर वैशाख २०७९ मा फेरि काठमाडौंमा पानी झारिएको थियो । बाढीको डरले असार २०७९देखि बन्द भएको सुरूङ खोलेर गत मंसिरदेखि फेरि मेलम्चीको पानी काठमाडौंमा पुर्याईएको थियो ।

नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएको सम्म छैन ।सरकार बढीले पुरेको संरचनालाई प्रयोग गर्न नसकिने निष्कर्षमा त पुगेको छ । तर, सरकारले कहाँ र कहिलेबाट मुहानस्थलका संरचना कसरी बनाउने भन्नेबारे अध्ययन र निर्णय गरेको छैन ।नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ ।

आयोजनाको मुहान पुनर्स्थापना नभएसम्म प्रत्येक १५ जेठपछि वर्षयाम सकिएर हिउँद नलागेसम्म मेलम्चीको सुरुङ बन्द राख्नुपर्छ । यसरी बन्द नराखे बाढीले सुरुङ क्षतिग्रस्त पार्ने जोखिम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्