२०८१ श्रावण १२
                           

त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुने

त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुने

बह्रबिसे – त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुनको सुनकोसिमा त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकामा पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता माघको १५ गतेबाट १८ गतेसम्म संचालन हुन लागेको हो । पर्यटन वर्ष २०२० लाई लक्ष्यित गरी यूवा जागराणको आवश्यकतालाई आत्म–साथ गर्दै ग्रमीण भेगमा रहेका उद्यमान खेलाडहिरुलाई राष्ट्रिय खेलकुदको उच्च तह सम्म पुग्ने हौसला र प्रेरण मिल्ने उदेस्यका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको वडा नम्बर ३ का अध्यक्ष सुकदेव रिसालले बताउनुभयो । सिन्धुपाल्चोक जिल्ला अन्तरपालीका स्तरीय खुल्ला भलिवल प्रतियोगीता हने वडा अध्यक्ष रिसालको भनाई छ । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफि मेडल र प्रमाण पत्रको साथमा नगर ७० हजार पाउनेछन् । प्रतियोगितामा दोश्रो हुने टिमले ट्रफि मेडल र प्रमाण पत्र सहित नगद ४० हजार पाउनेछन् । साथै उत्कृष्ट ३ विधाका खेलाडीहरुलाई मायाँको चिना दिने आयोजकले जनाएको छ । माघ १३ गते सम्म टिम दार्ता आधीकारकि व्यक्ति वाट गराई सक्नु पर्ने छ । सिन्धुपाल्चोक जिल्ला स्तरीय विभागीय टिमले समेत टिम दर्ता गरि खेल खेल्न पाईने छ । अन्तर पालीका स्थरीय खुल्ला भलिवल प्रतियोगीता भएको हुदाँ १ टिममा ४ जना भन्दा वढी बाह्य खेलाडी समावेस गर्न नपाईने आयोजकले जनाएको छ । जस्कोलागी खेलाडीहरुको परिचय खुल्ने कागज पत्र टिम दर्ता गर्दानै पेश गर्नु पर्ने गरी नियम बनाईएको छ । त्रिपुरा सुन्दरी खुल्ला भलिवल प्रतियोगीता २०७६ मा आफ्नो गाउँपालिका भित्रको टिमलाई सहभागी गराई खेल कुदको क्षेत्रमा हौसला प्रदान गर्न गाउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्