२०८१ श्रावण १२
                           

आचार्यकाे मुक्तक सङ्ग्रह ‘विनासर्त’ लाेकर्पण

सिन्धुपाल्चोक- कवि त्रिलोचन आचार्यको नविनतम कृति ुविनासर्तु लोकर्पण भएको छ । बुधबार एक औपचारिक कार्यक्रम मार्फत पुस्तकको लोकर्पण गरिएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ स्मृतिमा आयोजना विशेष कार्यक्रममा प्राज्ञ प्रा डा हेमनाथ पौडेलले कृतिको लोकर्पण गर्नुभएको थियो ।

गणेश मिश्रको नेतृत्वमा रहेको कपन साहित्य समाजले कपन क्षेत्रमा बिभिन्न साहित्यिक गतिबिधि गर्दै आएको छ । संस्था ०६१ सालमा स्थापना भएको हो । कृतिकार आचार्य कपन साहित्य समाजको सचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्