२०८१ श्रावण १२
                           

मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण तथा बाल स्वास्थ्यमा प्रगति

चौतारा/ सिन्धुपाल्चोकमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति देखिएको छ । आज बुधवार चौतारामा सम्पन्न मातृ तथा बाल पोषण आयोजना अन्तरगत साना अनुदान कार्यक्रमको गत वर्षको कार्यक्रमको समिक्षा तथा भावी योजना तर्जुमा गोष्ठीमा बोल्दै स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईंले महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिन थालेको बताउनुभयो । उहाँले बागमति प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको विशेष अनुदान कार्यक्रम कम्पोनेन्ट २ अन्तरगत सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरी थाङपाल, लिसंखुपाखर र भोटेकोसी गाउँपालिकामा यो वर्ष पनि गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्