२०८१ श्रावण १२
                           

हगाममा बुद्ध जयन्ती मनाइयो

हगाममा बुद्ध जयन्ती मनाइयो


हगाम/ यहि बैशाख २५ गतेका दिन हगाममा २५६४औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न गरिएको छ । महामानव शिद्धार्थ गौतम बुद्धको जन्म आज भन्दा २५६४ बर्ष पहिले बैशाख पूर्णिमाका दिन बुवा शुद्धोधन र आमा मायादेवीको कोखबाट कपिलबस्तु लुम्बिनीमा भएको थियो र यहि दिनमा बुद्धत्व प्राप्त गरि यहि दिनमा परिनिर्वाण भएको थियो । यहि अवसरमा प्रत्येक बर्षझै स्थानीय युवाहरुको बिशेष पहलमा यस बर्षपनि बुद्ध जयन्ती कार्यक्रम सम्पन्न गरिएको छ, साथै कोरोनाको कारण संसारमा मृत्यु भएका मृत आत्म शान्तीको कामना एवं कोरोनाका कारण बिरामी रहेका संसारका सबै बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन समेत गरेको थियो । स्थानीय युवाहरुको संयुक्त प्रयासमा लकाडाउनको बिचमा यो कार्यक्रम गर्न सफल भएको छ । यस क्षेत्रमा खासै कोरोनाको समस्या नरहेको र नेपाल सरकारले भने बमोजिमको नियमलाई पालना गर्दै गाउँको स्थानीयबासीहरु बाहेक कसैलाई सहभागी नगराइ थोरै मान्छेहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको आयोजकले स्पष्ट पारिएको छ । जुगल गाउँपालिका ६ हगाममा अवस्थित हागङ ङिङ्मा गुम्बामा बिहानको ६ बजेदेखि पुजापाठ र साङसेरग्याम गरि दिउँसो १२ बजेदिखि पुरै गाउँभरि ¥याली गरेको थियो । गाउँबासी भगवान बुद्धको प्रतिमा, सुङती, ग्याताङपा, म्हीठी र बत्ति सहित गाउँको परिक्रमा गरेको थियो । हगाममा बुद्ध जयन्ती मनाइयो
२९ बर्षको उमेरमा परिवार दरबार सम्पूर्ण त्याग गरि सिद्धार्थ गौतम सांसारिक मुक्तिका लागि निस्कनु भएको थियो । ६ बर्षको कठिन तपस्यबाट ३५ बर्षको उमेरमा बोधिगयाको बृक्षमुनि प्राप्त गर्नुभएको बोधिज्ञान र त्यसपछि दुःखमा भौतारिरहेको मानवहरुको लागि ४५ बर्षको उमेरसम्म अमृतबाणीको रुपमा दिनुभएका धर्मदेशना पश्चात ८० बर्षको उमेरमा कुशिनगरमा परिनिर्वाण प्राप्त गर्नुभएको महान दिन बैशाख पुर्णिमाको उपलक्ष्यमा सम्पुर्ण मानवहरुमा कुशलचित्तको कामना गर्दै संसारभरि यस दिनलाई बिशेष दिनको रुपमा लिने गर्दछ ।
नेपाल बुद्धको शासनकालदेखि पबित्र बुद्ध भूमिको रुपमा थियो । लिच्छवीकाल, मल्लकालमा धेरै बुद्ध बिहारहरु स्थापना गरी बिहारहरुमा बुद्धधर्मको अभ्यास गरी बुद्धधर्मको संरक्षण र बिकासमा योगदान पुर्याउदै आइरहेको थियो । पछि निरंकुश राणाहरुले बौधमार्गीहरुलाई देश निकाला समेत गरियो । साथै बिभिन्न बिहारहरु भत्काइयो । २००७ सालको प्रजातन्त्रको लामो समयपछि २०२२ सालमा बल्ल बुद्धको स्मरण गरी बैशाख पूर्णिमाको दिनमा पहिलो पटक बुद्ध जयन्ती मनाउने काम भयो । त्यसपछि तत्कालीन राजा महेन्द्रले उक्त दिन बिदा दिने परम्पराको थालनी भयो र यो एक दिन काटमार र हिंसा गर्न नपाउने भनि घोषणा भयो । आज नेपला लगायत विश्वभरि बुद्ध जयत्तीको दिनमा विश्वको धेरै देशहरुमा सार्वजनिक बिदा दिदै आएको छ ।
      ‘‘वैरीले वैरीभाव कहिल्यैपनि शान्त हुदैन । प्रेम र मैत्रिभावले मात्र वैरीभाव शान्त हुन्छ” ।
          –गौतम बुद्ध ।

 

प्रतिक्रिया दिनुहोस्