२०८३ जेष्ठ ११

तस्बिरमा हेर्नुस्, सिन्धुपाल्चोकमा सोनाम ल्होछार

चौतारा ,८ माघ

तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सिन्धुपाल्चोकमा पनि सोनाम ल्होसार पर्व मनाएका छन् ।सिन्धुपाल्चोकमा पनि तामाङ समुदायले हर्षोल्लास रुपमा सोनाम ल्होसार मनाएका हुन् । चौतारालगायत स्थानमा ल्होसारका अवसरमा सास्कृतिक कार्यक्रम ,विशेष झाँकी प्रदर्शन गरिएको थियो ।

आजको दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । तामाङ समुदायले आ(आफ्नो गच्छेअनुसार नयाँ लुगा लाउने आफन्त र परिवार भेला भएर, मीठो खाने र भेला भएर नाचगान गरी यो पर्व धुमधामकासाथ मनाएका छन् ।हेर्नुस् तस्बिर :

       

      

तस्वीर सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्