२०८० चैत्र १५

गौरती भीमेश्वर मन्दिरको मेलाको तयारी पुरा ( भिडियो सहित )

कार्तिक २१ — भेलिदेखि सुरु हुने प्रसिद्ध गौरती भीमेश्वर मन्दिरको मेलाको तयारी पुरा भएको छ । गौरती युथ क्लबका अध्यक्ष वाङ्रगेल लामाका अनुसार यो वर्ष मेला अवधिभर वल्ड लिंक समन्वयमा निशुल्क वाईफाई को ब्यवस्था गरीएको छ । नगरपालिकाको सहयोगमा यो वर्ष सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । ब्यापारीको लागी स्टल देखि स्वयमसेवक तयारी अवस्थामा राखिएको वडा सदस्य सन्जिव तामाङले बताउनुभयो ।
चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा कर्तिक २२ र २३ गते भब्य मेला लाग्दै छ ।सो दिन विभिन्न कारणले मेला भर्न जान नसकेकाहरु पञ्चमीका दिन पुग्ने गरेका छन् । सिन्धुपाल्चोक जिल्लाकै ठुलो मानिने गौरती भिमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
पौराणीक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भिमेश्वर हुन गएको मान्यता छ ।
मेलामा दर्शनार्थिहरुलाई मनोरंजन गराउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काईन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । पौराणीक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भिमेश्वर हुन गएको मान्यता छ । धार्मिकआस्थाराख्ने हरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिसालि मान्दछन् र मनले चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ ।

गौरती भीमेश्वर मन्दिरको चिनारी सहितको भिडियो

प्रतिक्रिया दिनुहोस्