२०८१ श्रावण १२
                           

विमान दुर्घटनामा दुइ पत्रकारले ज्यान गुमाए,पत्रकार महासंघ सिन्धुपाल्चोकद्वारा श्रद्धाञ्जली अर्पण

सिन्धुपाल्चोक ,२ माघ
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले स्वर्गीय पत्रकारहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार पोखरामा विमान दुर्घटनामा परी ज्यान गुमाएका स्वर्गिय पत्रकार त्रिभुवन पौडेल र अनिल शाहि प्रति महासघको सभाहलमा दिपप्रज्वालन गरी श्रद्धाञ्जली अर्पण गरेको हो । सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठ , सल्लाहकार सुरेश कसजु , सचिव विदुर आचर्य , सदस्य केशव अधिकारी , पत्रकार टीका सुवेदी ,विजय नेपाल , बिदुर गिरी , कमला पाख्रिन ,अर्जुन शर्मा र सम्झना कार्की सहितको उपस्थितिमा श्रध्दाञ्जलि अर्पन गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले स्व.पत्रकारद्वयको योगदान सदैव स्मरणीय हुनुपर्ने बताउँनुभयो । दुइ पत्रकारको मृत आत्माको कामना गर्दै देशैभर आज महासंघले समवेदनाका कार्यक्रम गरेका छन् । पौडेल नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवं सल्लाहकार थिए भने शाहि रेडियो एपोष्टल १०२.६ मेगाहर्ज पोखराका सञ्चालक रहेका थिए ।

२०७९ माघ १ गते आईतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन एएनसी एटियार – ७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्टको तल पोखरा ७ र १५ सेतीको खाँच (नयाँ गाउँतर्फ ) दुर्घटना हुँदा पत्रकार पौडेल र शाहिसहित विमानमा सवार ७२ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्