ईन्द्रावती ,२७ पुस
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि पुर्व सामाजिक विकास मन्त्री तथा बाग्मती प्रदेश सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का सांसद युवराज दुलाल सरदले कार्यक्रमलाई सम्बोधन गदै सहकारीको मर्म र भावना अनुसार काम गर्न र सहुलियतमा ऋणलिएर आर्थिक उन्नति गर्न आग्रह गदै नयाँ कार्यसमितिलाई बधाइ दिनुभएको छ ।
साथै जनप्रतिनिधि वा जुनसुकै राजनितिक कर्मिभएपछि बोल्ने र बोलेपछि काम नगर्ने गर्नुहुन्न् ,कम बोलि धेरै काम गरेर देखाउन सक्नुपर्ने उहाँको भनाइ थियो । सांसद दुलालले खाने मुखलाई जुगाँले छेक्दैन भन्दै काम गर्ने व्यतिmलाई कसैले छेक्न नसक्ने र यहाँको विकास ,कृषि ,सिंचाइ , रोजगारी लगायतका क्षेत्रमा साझा प्रतिनिधिको हैसियतले आफ्नो कार्यकालमा सक्दो काम गर्ने बताउँनुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका अध्यक्ष झम्क नेपालले सरकारको अर्थ नितिमा सहकारी पनि भएकाले गाउँ गाउँमा सहकारी घर घरमा भकारि भन्ने अवधारणालाई मूर्तरुप दिन आग्रह गर्नुभयो ।
१३ औं बार्षिक साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०७८ र०७९ को वार्षिक लेखा तथा प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष प्रताप सिं तामाङले प्रस्तुत गर्नुभएको थियो । सो सहकारीको चालु आर्थिक बर्षमा कुल शेयर पुजीँ ५४ लाख १५ हजार रहेको छ भने बचतमा १९ लाख ८१ हजार रहेको छ ।सो सहकारीमा आवद्ध सदस्यहरुलाई गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने उपस्थीत प्रमुख अतिथि बिशेष अतिथि ,अतिथिहरुलाई मायाको चिनो समेत दिईएको थियो।
साथै अधिवेशनले बुद्धिप्रसाद आचार्यको अध्यक्षतामा ८ सदस्सीय समिति समेत गठन गरेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ,बिभिन्न वडाका वडाध्यक्ष , शेयर सदस्य , सञ्चारकर्मी ,सस्थाका लेखा समिति ,उप समितिका पदाधिकारीहरु लगायतका व्यतित्वहरुको उपस्थीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्