२०८१ माघ २४
                           

साझा प्रतिनिधिको हैसियतले आफ्नो कार्यकालमा काम गर्छु :सांसद दुलाल

सिन्धुपाल्चोक , पुस २७
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का सांसद तथा पुर्व सामाजिक विकास मन्त्री  युवराज दुलालले साझा प्रतिनिधिको हैसियतले आफ्नो कार्यकालमा काम गर्ने बताउँनुभएको छ ।

जनप्रतिनिधि वा जुनसुकै राजनितिक कर्मिभएपछि बोल्ने र बोलेपछि काम नगर्ने गर्नुहुन्न् कम बोल्ने र धेरै काम गरेर देखाउन सक्नुपर्छ बताउँनुभयो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउँनुभएको हो ।

सांसद दुलालले खाने मुखलाई जुगाँले छेक्दैन भन्दै काम गर्ने व्यतिmलाई कसैले छेक्न नसक्ने र यहाँको विकास ,कृषि ,सिंचाइ , रोजगारी लगायतका क्षेत्रमा साझा प्रतिनिधिको हैसियतले आफ्नो कार्यकालमा काम गर्ने बताउँनुभएको हो ।

उहाँले भन्नुभयो , “ चुनाव अगाडि बोलेको कुरालाई स्मरण गराउँदै आफु जनताको साझा प्रतिनिधि भएर सबैको समस्या समाधानका लागि नितिगत रुपमा प्रदेशतह र राज्यका बिभिन्न तहबाट समस्याको समाधान गर्ने काममा आवाज उठाउने छु । मेरो कसैलाई बिभेद गर्ने राजनीतिक आधार र अबस्था छैन् ईमान्दारिताका साथ काम गर्ने कोसिश गर्नेछु । निर्वाचित भएपछि विजयी याली गरेनौ,किनकी बिगतको परम्परामा मतदातामा धन्यवाद दिदै विजयी याली लिएर जाने प्रचलनको अन्त्य गर्नकै लागी हार जित सबैको हुन्छ भनि यो प्रचलन तोड्न पर्छ भनेर हामि तपाईहरु माझ आएनौ ।जिते नि हारेनि काम गरेर देखाउनु ठुलो कुरा हो सोहि अनुसार मतदाताले मुल्याङकन गर्नुहुनेछ ।मतदातामा धन्यवाद दिन पाएको छैन् , यस कार्यक्रमबाटै तपाईहरु माझ धन्यवाद दिन पनि आएको हु । यसैगरी बिभिन्न कार्यक्रममा सहभागी भएर धन्यवाद दिनेछु । ,”

चुनावका बेला गरेक बाचाहरु पुरा गर्नका लागि ईमान्दारीताका साथ काम गरेर देखाउँने उहाँको भनाई छ । साथै कार्यक्रममा उहाँले सहकारीको मर्म र भावना अनुसार काम गर्न र सहुलियतमा ऋण लिएर आर्थिक उन्नति गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्