२०८१ बैशाख ६

कुटेरै चोरी आरोप स्वीकार गराउन खोज्ने सिन्धुपाल्चोकको अस्थायी प्रहरी पोष्ट सुनखानी

दिपक खत्री, पौष १५ — सिन्धुपाल्चोकको सुनखानी अस्थायी प्रहरी चौकीमा चारजना युवाहरुलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरीले निर्घात कुटपिट गरी यातना दिएको पाईएको छ । सुनकोशी गाउपालिका ५ स्थित सुनखानीमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज असई हरिबहादुर ठकुरी सहित चार जनाले चोरीको आरोपमा गिरफ्तार गरी चौकीमा लगी निर्घात कुटपिट गरेको हो । सुनकोशी गाउपालिका ४ स्थित जागिरे यमुनाडाँडाँका बोल्न नसक्ने ३६ वर्षीय बासुदेव खड्का, सोही ठाउका २० वर्षीय राजु खड्का, २० वर्षकै निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई सुनखानीमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीहरुले चोरीको आरोपमा सोधपुछको लागी भन्दै चौकीमा लगि निर्घात कुटपिट गरी यातना दिएको पिडित बताउछन् ।

पीडित मध्ये राजु खड्का स्थानिय श्री गणेश माध्यामिक बिद्यालयको १२ कक्षाका विद्यार्थि हुन् । मंसिर १४ गते बिद्यालयको कक्षा कोठामा पढिरहेका उनलाई प्रहरीले बिद्यालय बाट गिरफ्तार गरि चौकी लगेका हुन् । अरु बाकी तीन जना गाउमै खेती किसानी काम गरी बस्ने ब्यक्ति हुन् । उनिहरु तीन जनालाई घरमा बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेका थिए । प्रहरीको ज्यादतीले आफुहरु अन्यायमा परेको पिडितका अभिभावकहरु बताउछन् ।

स्थानिय कमल खड्काको पसल चोरी भएको घटनामा संलग्न भएको आशंकामा उनिहरु बिरुद्ध कमल खड्काले ०७९ मंसिर १४ गते अस्थायी प्रहरी चौकी सुनखानीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले चोरी गरेको आशंकामा चार जना युवाहरु लाई गिरफ्तार गरेको थियो । चौकीका इन्चार्ज र प्रहरी जवान सुरेश चौधरीले चारै जनालाई गिरफ्तार गरी अर्को दुइ वटा स्थानियको मोटरसाइकल डाकेर सोही मोटरसाइकलमा राखी चौकी पु¥याएका थिए । प्रहरीले गिरफ्तार गर्दा कुनैलाई पनि पक्राउ पुर्जी दिइएको थिएन । चौकी पु¥याएका चारै जना लाई भिन्न भिन्न कोठामा राखी प्रहरीले दिउसो साढे ११ बजे बाट सोधपुछ शुरु गरेका थिए । सोधपुछको क्रममा प्रहरीले चारै जना युवालाई कमल खड्काको पसल किन चोरेको रु तिमिहरु चौतारोमा किन बसेको रु भन्दै पोलिथिनको पाइप र बासको डण्डीले शरिरको बिभिन्न भागमा कुटपिट गरी चोरी गरेको कुरा जवरजस्ती स्वीकार गर्न दवाव दिएका थिए । कुटपिट गर्ने क्रममा प्रहरीहरुले अश्लिल शब्दले गाली गलौज गरी मानसीक पीडा पुग्ने, इज्जत जाने गरी चोरको दोष जवरजस्ती स्वीकार गर्न लगाउन खोजिएको उनिहरुको भनाई छ । यातना दिएका चारै जनाको पैतला, डडेल्ना, ढाड, पिडुल्ला लगायत शरिरको बिभिन्न भागमा निलडाम र चोट लागेको साथै सो दिनको कुटाईको असर अहिलेसम्म रहेको उनिहरु बताउछन् ।

कुटपिट र यातनाका बावजुद पनि चोरी गरेको आरोप अस्वीकार नगरेपछि मंसिर १४ गतेकै दिन बेलुकी साढे ४ बजे सुनकोशी गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठको रोहवरमा पीडितका अभिभावकको जिम्मामा कागज गरी प्रहरीले छाडेका थिए । प्रहरीले कुटपिट गरी यातना पाएका चारै जना युवाहरु आफ्नो शरिरमा भएको घाउ चोटको जाच गराउन ०७९ मंसिर १५ गते जिल्ला अदातल पुगेका थिए । जिल्ला अदालतका न्यायाधिस बिदुर कोइरालाको आदेशले चौतारा अस्पतालमा मंसिर १५ गते चारै जनाको जाच भएको थियो । कुटपिट गरी यातना दिने आरोपित प्रहरीहरु बिरुद्ध ०७९ मंसिर १८ गते पीडितले जिल्ला अदालतमा किटानी उजुरी दर्ता गराएका छन् । कुटपिटको मुद्दा जिल्ला अदालतमा बिचाराधिन रहेको छ । पक्राउ परेका ब्यक्तिहरुको शरिरको बिभिन्न भागमा निलडाम, चोटपटक हुने गरी कुटपिट यातना दिनुले नेपालको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११९ को उपदफा ९१० बिपरित भएको मानव अधिकारकर्मी तथा ईन्सेक बागमती प्रदेश प्रमुख गणेस भन्डारीको भनाई छ ।

मानव अधिकारकर्मी सरकारी निकाय बाट नै यातना दिनु सन् १९४८ डिसेम्बर १० मा सयुक्त राष्ट्रसंघ द्धारा घोषित मानवअधिकारको बिश्वब्यापी घोषणाको धारा ५ समेतको बिपरित कार्य भएको बताउछन् ।

घटना बारे पीडित तथा सरोकारवालाको भनाई
पीडित राजु खड्काको भनाई ः बिद्यालयको कक्षा कोठामा पढीरहेको अवस्थामा बिद्यालयका कार्यालय सहयोगी आएर बोलाए । प्रहरीले बोलाएको छ जानुहोस भन्दै गेटमा पु¥याए । गेटमा पुगेपछि दुइ जना प्रहरीले पक्राउ गरे । मोटरसाइकलको पछाडी राखेर चौकीमा लगे । चौकीमा लगेपछि छुट्टै एउटा कोठामा राखेर तै हैनस चोर् भन्दै डण्डीले ढार र तिख्रामा कुटपिट गरी यातना दिए ।

पीडित निर्मल खड्काको भनाईः म आफु घरमा बसेकै अवस्थामा दुइ जना प्रहरीहरु आएर ल तिमी हामी संग हिड भन्दै प्रहरीले संगै लिएर गए । घरभन्दा केही पर पुगेपछि मोटरसाइकलमा राखेर चौकीमा लगे । चौकीमा लगेपछि चोर भन्दै कुटपिट गरे । मैले केही गल्ती गरेको छैन मलाई नकुट्नोस भनि पटक पटक भन्दा पनि कुटपिट बन्द भएन । प्रहरीको कुटाइ बाट मरिन्छ की जस्तो लागेको थियो । धन्न बाचियो ।
पीडित हरिशरण खड्काको भनाईः घरमा बसेको अवस्थामा दुइ जना प्रहरी आएर तिमि हामी संग हिड भने । किन रु के भयो र रु भनेर मेरो हजुरबुवाले सोध्नु भयो । केही कुरा सोधपुछ गर्नु पर्ने भएकाले अहिले हामी लिएर जान्छौ । केही समय पछि पठाइदिन्छौ भनेर लगे । बाटोमा पुगेपछि राजु खड्काको घर देखाउन लगे । मैले राजु बिद्यालय गएको छ भनेपछि दुवै जना प्रहरीलाई बिद्यालयमा पु¥याए । त्याहा बाट राजुलाई पनि संगै लिएर चौकी तर्फ लगे । चौकीमा लगेपछि छुट्टा छुट्टै कोठामा राखेर चोरीको घटना बारे सोधपुछ भयो । सोधपुछ गर्ने क्रममा पोलिथिनको पाइप र डण्डीले शरिरको बिभिन्न भागमा कुटपिट गरे । कुटपिट गर्ने क्रममा कमल खड्का ९जसको पसल चोरी भएको भनिएको छ ० चौकी बाहिर रहेछन् । प्रहरी बाहीर जादै भित्र आउदै कुटपिट गर्ने गर्थे । बेलुका वडा अध्यक्ष र बुवा आउनु भएछ । उहाँहरुको जिम्मा लगाएर प्रहरीले छाडेका हुन् ।

पीडित मध्येका हरिशरण खड्काका बावु बच्चु खड्काको भनाईः म घरमा नभएको बखतमा छोरालाई प्रहरीले चौकीमा लगेका रहेछन् । दिउसो घरमा आउदा थाहा पाए । त्यसपछि म प्रहरी चौकीमा गए । चौकीमा जादा जसको पसल चोरी भएको भनिएको थियो त्यो ब्यक्ति कमल खड्का पनि चौकी बाहिर बसेका रहेछन् । चौकी भित्र छोराहरुलाई कुटिरहेको आवाज मैले सुने । चौकी इन्चार्जलाई भेटेर के गरेको यस्तो रु बच्चाहरु मर्लान भनेपछि वडा अध्यक्षलाई बोलाएर छाडेका हुन् ।

स्थनिय बिद्यालय श्री गणेश मा।बि।का प्र।अ साङदोर्जेको भनाईः म बिद्यालयमा नभएको बखतमा मेरो र बिद्यालयमा रहेका अरु शिक्षकहरुको अनुमती बेगर बिद्यालयमा प्रहरी प्रबेश गरी पढीरहेको बिद्यार्थीलाई लगेर प्रहरीले कुटपिट गरेकोमा बिद्यालयको बिरोध छ । आपत्ति छ । कुनै बेला यसको बिरोध विद्यालयले गर्ने नै छ ।
प्रहरीले पक्राउ गर्दा प्रत्यक्षदर्शी नारायणबहादुर खड्काकोे भनाईः प्रहरीहरु घरमा आए । हरिशरण संग केही कुराकानी छ, अहिले हामी लिएर जान्छौ केही समय पछि फर्काइ दिन्छौ भनेर लगेका हुन् । बेलुका आउदा जिउभरी निलडाम देखाउदै प्रहरीले आज बेस्करी कुटपिट ग¥यो भन्दै पीडा पोख्यो ।

 

प्रतिक्रिया दिनुहोस्