पौष ९ —सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भ¥याङको सिँढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा वर्ष ४५ का शेर बहादुर श्रेष्ठको ज्यान गएको हो ।
सिँढीबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको उपचारक क्रममा मृत्यु भएको हो । शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनि लडेर घाईते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भई रहेका र अवस्था समेत गम्भिर रहेको छ ।
कुटपिटको कारण एक पुरुषको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ डाँडा टोलमा कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । वर्ष २९ को मिन ब. तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पा लाई अश्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
पासाङ लामा शेर्पा र उनको श्रीमान राजु लामा तामाङले मिन बहादुर तामाङलाई गम्भिर घाईते हुने गरि कुटपिट गरेका थिए । शनिबार विहान साढे ४ बजे घाईते मिन ब. तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा सम्लग्न पासाङ लामा शेर्पा र उनका श्रीमान राजु लामा तामाङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बाह्रविसे राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्