२०८१ श्रावण १२
                           

तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा छ ः प्रचण्ड

काठमाडौं, ६ पुस÷ पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलिबाट बुधबार खुमलटारमा नाका खुलाउने सन्दर्भमा ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सि जिन फिङ्सँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले तातोपानी नेपालीहरुको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे । चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूति हाउ यान्छीसँगको विदाई भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाई थियो । भूकम्प पछिको पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोडदिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताए । नयाँ राजदूत आएपछि दुवैतिर आवत जावत खुला हुने विश्वास व्यक्त गरे ।


जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढि संवदनशील रहेको र समस्या समाधान गर्ने बताए । ‘म बेइजिङ्मा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्यो भन्छु’ उनले टोलिसँग प्रतिवद्धता व्यक्त गरे ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल– चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा संचालन र अरनिको राजमार्गको स्तोरन्नतिका लागि अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारी दिए । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास पुगेका थिए ।
निर्वाचनका बेला तातोपानी नाका पूर्ण रुपमा दुइतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताएका सापकोटाले यसको थालनी गरेका छन् ।

यसैबीच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएका छन् । नाकाबारे छलफलका लागि बुधबार भेट गरेका प्रतिनिधि तथा प्रदेश सभाका सांसद र व्यापारी व्यवसायीसँग उनले नाका खुलाउन आफ्नो पहल जारी रहने जानकारी दिएको भेटमा सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्