कार्तिक २७ — सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीमाबर्षौदेखि बसोबास गर्दै आइरहेका १ सयभन्दा बढि घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रकानागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ, तर लालपुर्जा छैन । सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिले सम्म कित्ता नापी नहुँदा नागरिक बिभिन्न समस्या झेलिरहेका छन् । पटक पटक आन्दोलन गर्दा पनि आफुले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि मतदान बहिस्कार गर्ने चेतावनी दिदै उनिहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला निर्वाचन कार्यालय र चौतारा साँगाचोकगढी नगरपालिकामा ध्यानकर्षपत्र बुझाएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लालपुर्जाको समस्या सुल्टाउने उम्मेदवारलाई भोट हाल्ने मनस्थितीमा यहाँका सबै परीवार एक मत भएर बसेका थिए । अरु अरु स्थानमा उम्मेदवारहरु तामझाम गर्दै भोट माग्न पुगीरहेका छन् । आफुनो गाँउमा पनि उम्मेदवार आउलान् र समस्या सुनाउला भन्ने पर्खाईमा रहेका स्थानियलाई भेट्न अहिलेसम्म कोहि पनि पुगेका छैनन् । अहिलेसम्म कुनै उम्मेदवारले गाँउम नाक मुख नदेखाएपछि मतदान बहिस्कार गर्ने भन्दै यहाँका नागरीक प्रशासन , निर्वाचन कार्यलय र स्थानिय तहमा ध्यानाकर्षण पत्र बोकेर पुगेका छन् ।
यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । यहा बसोबास गर्ने हरेक परीवार सँग तिरो तिरेको रसिद पनि छ तर घरजग्गाको लालपुर्जा छैन । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनि नक्सा दिएपनि २०४५ सालमा राष्ट्रिय पञ्चायतमा रहेका काभ्रेका गोविन्द उप्रेतीले कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीय बताउँछन् । विवादका कारण त्यसयता यो क्षेत्रमा कित्ता नापी भएको छैन् , जसका कारण स्थानीय आफ्नै जग्गा भोगचलन गर्नबाट बञ्चित भएको स्थानिय कुमार माझी बताउनुहुन्छ ।
नागरिकले सीमा विवाद समाधान गरि आफूहरूको जग्गा नापी गरेर लालपुर्जा दिन बारम्बार माग गर्दै आएका छन् । त्यसका लागि सरकारी स्तरबाट केही प्रयास भएको भएपनि सार्थक भएको छैन । उनीहरूको अधिकारको लागि वकालत गर्दै आउनुभएका अधिबक्ता समेत रहेका वडा अध्यक्ष रोशनराज गिरी यहाँका नागरीकले राज्य भएको महसुस गर्न नसकेको बताउनुहुन्छ ।
यहाँका समुदाय जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् । अल्पसंख्यक माझीको करिब ४० घरपरिवार भएको यहाँका बासिन्दा आफ्नो जग्गाको किता नापि गरी गराई लालपुर्जा वितरण कार्यको बाचा नगरेसम्म आसन्न निवार्चनमा मतदान नगर्ने निर्णय लिन बाध्य भएको बताउछन् ।
प्रतिक्रिया दिनुहोस्