२०८१ श्रावण १२
                           

इष्ट प्वाइन्ट एकेडेमीका लागि गुड ह्याण्डसद्वारा १० थान कम्प्युटर सहयोग

सिन्धुपाल्चोक ,१३ मङ्सिर
हेलम्बु गाउँपालिकामा रहेको इष्ट प्वाइन्ट एकेडेमीका लागि गुड ह्याण्डस्ले १० थान कम्प्युटर सहयोग गरेको छ । हेलम्बु मेलम्ची क्षेत्रका ५ सय जना भन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालयकाे लागि डिजिटल सिकाइमा सहयोग पुगाेस भन्ने हेतुले साे कम्प्युटर हस्तान्तरण गरिएको सस्थाले जनाएको छ।  संस्थाले गरेको उक्त सहयोगका लागि विद्यालय परिवारले धन्यवाद व्यक्त गरेकाे छ ।


सामाजिक अभियन्ता दावा लामाले हेलम्बुमा मात्र नभई देशका विभिन्न भागमा शिक्षा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गदै अाईरहनु भएको छ । मेलम्ची बाढीको समयमा टेन्ट र अस्थायी सिकाइ केन्द्र निर्माणमा १ लाख रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष दावा लामाले बताउनुभयाे ।

गत वर्ष पनि विद्यालयका सबै बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरिएको थियाे।उक्त सहयोले विद्यालय पुननिर्माण प्रारम्भ भएको बताईएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्