२०८२ असार २
                           

गठबन्धनको पक्षमा मतदान गर्न अपिल, चौतारा आहालडाँडामा सुुक्रबार चियापान गरिदै

कार्तिक ३ — सिन्धुपाल्चोकको सत्तागठबन्धनमा आवद्ध पाँच दलका नेताहरुले गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न उनीहरुले संयुत्त अपिल गरेका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति जंगवहादुर लामा,माओवादी केन्द्रका अध्यक्ष गोविन्द पराजुली,एकिकृत समाजवादीका नवराज पौडेल र राजमोका दीर्घवहादुर सुवेदीले संयुक्त अपिल जारी गर्दै गठबन्धनवाहेक दायाँवायाँ नगर्न र आम मतदातालाई समेत यसैमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । यसैवीच सिन्धुपाल्चोकको चौतारा आहालडाँडामा सुक्रबार गठबन्धन दलहरुले संयुक्त रुपमा चियापान तथा शुभकामना आदानप्रदान र उम्मेदवारको परिचय समेत गराउने कार्यक्रम आयोजना गरेका छन् ।
विहान ११ बजेपछि आयोजना हुने सो कार्यक्रममा गठबन्धनमा आवद्ध रहि साझा उम्मेदवारी दिएका उम्मेदवारहरुले सम्वोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार काँग्रेस केन्द्रिय सदस्य मोहनवहादु बस्नेतको प्रमुख आथित्यता र प्रतिनिधिसभा क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवार माओवादी युवा नेता माधव सापकोटा सुवोधको बिषेश आतिथ्यतामा भव्य कार्यक्रम गर्न लागिएको हो ।
सो कार्यक्रमा गठबन्धनका उम्मेदवाार मसिना खड्का,सरलसहयात्री पौडेल,युवराज दुलाल शरद कृष्ण कुमार लामा समिरले सम्वोधन गर्नुहुनेछ । साझा गठबन्धनको चौतारा नगर कमिटीले संयुक्र रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्