२०८१ श्रावण १२
                           

अज्ञात समुहबाट विद्यालय तोडफोड,कारबाहि गर्न विद्यालयको माग

कार्तिक २,  मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरानीको जलवाई देवि माध्यमिक विद्यालयको कार्यालय कोठा,कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा समेत क्षति पुर्याइएको छ ।

मंगलबार राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज फुटाई महत्वपुर्ण कागजात समेत नष्ट गरिदिएको शिक्षक सुबास गिरीले जानकारी दिनुभयो ।

अहिले सो घटनाको सर्वत्र निन्दा हुनुका साथै दोषिमाथि कारबाहिको समेत माग भइरहेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले घटना बारे थप अनुसन्धान भइरेहको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्