२०८१ श्रावण १२
                           

पाँचपोखरीमा विपद जोखिम न्यूनिकरण, व्यवस्थापन, स्थानीयकरण तालिम सम्पन्न

असोज ९ — पाँचपोखरी थाङ्पाल गाँउपालिकमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न भएको छ । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा ७५३ वटै स्थानिय तहमा तालिम सञ्चालन भईरहेको छ ।
दुई दिने तालिममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, गाँउपालिका अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न शाखाका प्रमुखहरु सहभागी थिए । तालिममा मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल र एनसेटका असोक महर्जनले प्रशिक्षण दिएका थिए ।
विपत पूर्व र विपत पश्चात गर्ने कार्य, आपात कालिन सेवाहरु, पूर्व चेतवानी प्रणाली, स्थानिय आपतकालीन कार्य संचालन केन्द्रको स्थापना, सामाजिक स्रोत नक्सांकन, खुल्ला क्षेत्रको छनोट, भू उपयोग योजना, शिविर र शिविरजस्ता आश्रायस्थल विषयमा पन्ध्र वटा सेसनमा प्रशिक्षण भएका थिए ।
सहभागीहरुलाई विपत तथा जोखिम व्यवस्थापन सम्बन्धी प्रश्नवाली, सामाजिक स्रोत नक्सा निर्माण र मूल्यांकन जस्ता कृयाकलप गराएका थिए । साथै शिविर व्यवस्थापन सम्बन्धी वृत्त चित्र, भूकम्प आगलगी जस्ता घट्ना हँुदाको भिडियो प्रस्तुती गरेका थिए ।
कार्यक्रमको समापनमा प्रशिक्षक अमृत कुमार धिताल द्धारा गाँउपालिका अध्यक्ष टासी लामालाई स्पेयर निर्देशिका पुस्तक प्रदान गरिएको थियो । समापनको क्रममा बोल्दै अध्यक्ष लामाले विगत देखी नै मानव सिर्जित र प्राकृतिक विपद जस्ता घट्ना झेल्दै आईरहेको बताउनु भयो । साथै विपदका विषयमा लिपिद्ध अभिलखिकरण गर्ने कार्यलाई निरन्तरता दिनेमा उहाँले अठोट लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्