२०८१ श्रावण १२
                           

सेलाङमा बन्ने भयो स्वास्थ्य चौकी भवन

सिन्धुपाल्चोक, ८ चैत
सम्झना कार्की – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ सेलाङमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । नेपाल हिल्फे वाइलग्रिस ई.भी जर्मनी र जुगल गाउँपालिका बिच स्वास्थ्य चौकी भवन बनाउँन पुर्व सहमती भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउँनुभयो ।

नेपाल हिल्फे सो संस्थाको १ करोड ९० लाख लागत र जनहित ग्रामिण सेवा समितिको सहकार्यमा स्वास्थ्य चौकी भवन बन्ने भएको हो । उतm भवन दुई तल्लाको बर्थीङ सेन्टर सहितको सुबिधायुतm १० कोठेको हुने गाउँपालिका अध्यक्ष स्याङबोको भनाई छ ।

भौगोलिक हिसाबले जुगल गाउँपालिका कमजोर र विकट ठाउँ पनि हो । सामान्य उपचारको लागी ३ देखि चार घण्टा सम्म हिड्नु पर्ने बाध्यता कतिपय वडाबासीहरुलाई छ नै । यो वडामा स्वास्थ्य चौकी बन्यो भने गाउँमै नजिकै सेवा ,सहज उपचार पाउने भन्दै स्थानीय खुसी भएका छन् । स्वास्थ्य चौकी भवन बनेर सेवा लिन सामान्य उपचारको लागी अन्यन्त्र जानु पर्ने बाध्यता समेत कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्