२०८१ श्रावण १२
                           

माओवादी केन्द्रबाट प्रतिनिधिसभा क्षेत्र न. २ मा युवराज दुलाल र चन्द्र बहादुर थापा उम्मेदवार सिफारिस

भदौ १९ — युवराज दुलाल र चन्द्र बहादुर थापा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न. २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । दुलाल २०७४ सालमा भएको चुनावमा प्रतिनिधिसभा क्षेत्र न. २ प्रदेश क बाट निर्वाचित हुनुभएको थियो ।
यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिक तर्फ बलराम वि.क ,उद्धव आलेमगर र ठुलो बाबु श्रेष्ठ सिफारिस भएका छन् ।
२ नं प्रतिनिधी सभा प्रदेश सभा (क) तर्फ प्रत्यक्ष मा गोविन्द पराजुली, चिरन्जीवी आचार्य, जानुका पराजुली ,श्यामकृष्ण श्रेष्ठ सिफारिसमा हुनुहुन्छ । समानुपातिक तर्फ चिन बहादुर तामाङ, वीर बहादुर तामाङ, श्याम सुन्दर श्रेष्ठ, ललित श्रेष्ठ ,शुशिल बहादुर माझी र विनु खड्का सिफारिसमा हुनुहुन्छ ।
२ नं प्रतिनिधी सभा प्रदेश सभा (ख) तर्फ प्रत्यक्ष मा फुर्वा स्याङ्रबो, विदुर चौलागाई, भरत थापा गरी ३ जना सिफारिस भएका छन् ।
समानुपातिक तर्फ रोहिणी वि.क, मुरा ढकाल, लन्जम शेर्पा, श्याम खड्का , गोपाल नेपाल, अर्जुन लोप्चन ,महेश श्रेष्ठ सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्