२०८१ श्रावण १२
                           

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

चैत्र २०, काठमाण्डौ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन । उनको पक्षमा ५६ मत खसेको छ ।

यस्तै उनको विपक्षमा ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदको समर्थन पाएका हुन ।

उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।
२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्